डुबेर तीनजनाको मृत्यु

0
3
कास्की, 
पोखरामा आज भएका दुई छुट्टाछुट्टै घटनामा खोला र तालमा डुबेर तीनजनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा पोखरा–१ मोहरियाटोलका १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा–२ बाग्लुङ बसपार्कका १८ वर्षीय स्वयम ताम्राकार रहेका छन् । उनीहरु साथीहरुका साथ पौडी खेल्न गएका थिए ।
यसैगरी पोखरा महानगरपालिका–२६ गुदेतालमा आज डुबेर ६ वर्षीय सचिन परियारको मृत्यु भएको छ । बुबा विकास परियारसँग गएका उनी अचानक तालमा डुबेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here