सुखानी सहीद स्मृति पार्कमा युवा संघले गर्यो वृक्षरोपण

0
178

झापा ।

झापाको अर्जुनधारा नगरपालिकामा रहेको सुखानी सहीद स्मृति पार्कमा ‘एक युवा, पाँच विरुवा’ अभियान सञ्चालन गरिएको छ । विश्वमा जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय युवा संघ केन्द्रीय कमिटीले शुरु गरेको अभियान अन्तरगत अर्जुनधारा नगरपालिकामा समेत वृक्षारोपण भएको हो ।

अर्जुनधारा–९ नम्बर वडा कमिटीको आयोजनामा आज वृक्षरोपण गरिएको छ । संघका वडा अध्यक्ष विपुल राई , युवा संघ केन्द्रीय कमिटीको एक युवा पाँच बिरुवा वृक्षरोपण अभियान अन्तरगत अर्जुनधारा–९ सुखानी सहीद सहीद स्मृति पार्क परिसरमा वृक्षरोपण गरिएको जानकारी दिए। वातावरणमा सुन्दरता ल्याउन, प्राकृतिक प्रकोप न्यूनीकरणसँगै हरियो वन नेपालको धन भन्ने भनाइलाई थप मजबुत बनाउन वृक्षरोपण अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

वृक्षरोपण कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय युवा संघकी स्थायी केन्द्रीय कमिटी सदस्य रोजिना पाण्डे (उमा)ले प्राकृतिक विपत्ति न्यूनीकरणका लागि वृक्षरोपण अनिवार्य भएको बताइन्। “बढ्दो जनसङ्ख्या र सहरीकरणले प्रदुषण र वन विनास भइरहेको छ”, उनले भनिन्– यसको न्यूनीकरणका लागि वृक्षरोपण गर्नैपर्छ, युवा संघको केन्द्रीय कमिटीले देशव्यापीरुपमा यो अभियान शुरु गरिरहेको छ ।

कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य उमेश मिश्रले युवा सङ्घ अर्जुनधारा नगर कमिटी र मातहतका कमिटीले धेरै रचनात्मक काम गर्दै गएको बताए ।


कार्यक्रममा नेकपा एमाले अर्जुनधारा नगर कमिटी अध्यक्ष बृख प्रधानले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव घरेन्द्र डाँगीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here