रोज लामा योञ्जनको शब्दमा ‘जिन्दगी तिमी हौ’ सार्वजनिक

0
1

विराटनगर ।

प्रवासमा रहेर पनि नेपाली गीत संगीतको सिर्जनामा क्रियाशील गीतकार रोज लामा योञ्जनको शब्दमा रहेको आधुनिक गीत ‘जिन्दगी तिमी हौ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा गायक सुनिल राई र गायिका लिला राईले स्वर दिएका छन् । रोज लामा योञ्जनको शब्दमा सार्वजनिक उक्त गीतको भिडियो सुनिल राईको संगीतमा तयार पारिएको हो ।

पूर्वेली लोकलयमा आधारित उक्त गीतमा मायाका सुनौला पलहरूलाई समेटिएको छ । गीतमा माया गर्ने मायालुलाई आफ्नो साथमा राख्नका लागि निकै प्रयत्न गरिएको छ ।

मौलिक भावमा प्रेमलाई आकर्षक ढङ्गमा समेटिएको छ । ज्ञानु राईले गीतमा छायाङ्कन, सम्पादन र निर्देशन गरेका छन् ।

https://youtube.com/watch?v=GL7vF7Nnjco%3Fsi%3D0cyoK1YoTLsU8YFu

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here