विद्यार्थी परिषद्को आयोजनामा महेन्द्र मोरङमा निबन्ध लेखन प्रतियोगिता

0
3

विराटनगर ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा भएको निबन्ध लेखन प्रतियोगितामा ःबिबिएस प्रथम वर्षमा अध्यानरत छात्र बिजय कुमार चौधरी प्रथम भएका छन् ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल क्याम्पस एकाइ समितिको आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा बिबिएस तेस्रो वर्षमा अध्यानरत छात्रा अञ्जली साह द्वितीय र बिबिएस दोस्रो वर्षमा अध्यानरत छात्रा भुमिका घिमिरे तृतीय भइन् ।

‘नेपालको उच्च शिक्षा र विद्यार्थीको अपेक्षा’ विषयमा निबन्ध लेख्न लगाइएको थियो । कार्यक्रममा क्याम्पस एकाइ समिति संयोजक सरोज यादव, सगरमाथा प्रदेश सह–सचिव मुना बिष्ट, परिषद्का राष्ट्रिय सचिव तथा कोशी विभाग संगठन सचिव विवस कटुवाल लगायत विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here