अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्यो

0
2

काभ्रेपलाञ्चोक,

वर्षाले पहिरो जाँदा गए रातिदेखि अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुलेको छ । उक्त राजमार्गअन्तर्गत काभे्रको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिराले रातिदेखि सडक अवरुद्ध भएको थियो ।

अवरुद्ध रोशी–मङ्गलटार सडकखण्ड आज बिहानेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । राजमार्गको माम्तीखोला र भ्याकुरेखोलाको बाढी तथा मङ्गलटार क्षेत्रका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । अहिले पनि सुरक्षाकर्मी परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ ।

सडकलाई दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार दिउँसोसम्ममा दुईतर्फी यातायात सञ्चालन गराइनेछ ।

गत असार अन्तिम साता पनि उक्त सडकखण्ड अवरुद्ध भएको थियो । उक्त क्षेत्रमा स–साना पहिरो ग्इरहने भएकाले तत्काल पहिरो पन्छाउन स्काभेटरलाई ‘स्याण्डबाई’ राख्दै आइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here