इनर व्हील क्लब अफ अर्जुनधाराको दोस्रो पद हस्तान्तरण

0
313

अर्जुनधारा

इनर व्हील क्लब अफ अर्जुनधाराको दोस्रो पद हस्तान्तरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

क्लबकी संस्थापक एवम् क्लब २०२३/०२४ की अध्यक्ष सुनिता प्रसाईं खरेलले २०२४/०२५ की नवनिर्वाचित अध्यक्ष विनिता थापा तामाङलाई प्रमाण पत्र एवम् ग्याङ्गो बेल हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेकी थिइन् ।

अध्यक्ष तामाङको अध्यक्षता र इनर व्हील क्लब अफ झापाकी अध्यक्ष आशा श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा क्लबकी निवर्तमान अध्यक्ष खरेलले आफ्नो कार्यकालको वार्षिक गतिविधि बारे जानकारी गराएकी थिइन् ।

जसअनुसार सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण, सेनेटरी प्याड बनाउने तालिम, निःशुल्क पानी वितरण, संयुक्त तिजमिलन कार्यक्रम, विश्व शान्तिको कामनासहित दिप प्रज्वलन कार्यक्रम, स्तन क्यानसर सम्बन्धी सचेतनामूलक कार्यक्रम, आर्थिक सहयोगलगायत रहेका छन् ।

त्यसैगरी वर्ष २०२३/०२४ को उत्कृष्ट सदस्य सम्मानबाट सदस्य मुना रिजाल पौडेललाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

क्लबकी आईएसओ अनी कार्की गोम्देनले इनर व्हील प्रार्थना गरेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी “प्रशान्त”, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

क्लबकी निवर्तमान उपाध्यक्ष पूर्णिमा सिटौलाले स्वागत गरेको उक्त कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष तारा श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन क्लबकी सचिव प्रभा नेपालले गरेकी थिइन् ।

क्लबकी अध्यक्ष खरेलको अध्यक्षता र क्लब मातृ संस्था इनर व्हील क्लब अफ बिर्तामोडकी पूर्व अध्यक्ष सम्झना भण्डारीको प्रमुख आतिथ्यमा गत असार तेस्रो साता सम्पन्न बैठकले नवनिर्वाचित अध्यक्ष तामाङको अध्यक्षतामा २२ सदस्यीय समिति सर्वसम्मत गठन गरेको थियो ।

त्यस्तै सोही दिन सम्पन्न दोस्रो पदहस्तान्तरण कार्यक्रमबाट चन्द्रा ओली र निशा अधिकारीलाई क्लबका सदस्यमा चयन गरिएको नवनिर्वाचित अध्यक्ष तामाङले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here