काभा यु–२० महिला भलिबल : नेपालको यात्रा सेमिफाइनलमै रोकियो

0
12

काठमाडौँ,

काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ ।

माल्दिभ्सको मालेमा गए राति सम्पन्न खेलमा कीर्गिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट १४–२५, दोस्रो सेट २२–२५ र तेस्रो सेट १३–२५ ले गुमायो ।

लिग चरणबाट कीर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेका थिए । लिग चरणमा पनि नेपाल कीर्गिस्तानसँग ३–० कै सोझो सेटमा पराजित भएको थियो ।

अब नेपालले तेस्रो स्थानका लागि आजै माल्दिभ्सको सामना गर्नेछ । फाइनलमा भने कीर्गिस्तान र श्रीलङ्का भिड्नेछन् ।

पहिलो सेमिफाइनल खेलमा श्रीलङ्काले माल्दिभ्सविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here