‘विजय खरेल स्मृतिग्रन्थ’ लोकार्पण

0
35

सुरुङ्गा ।

सुसेली साहित्यिक परिवारको आयोजनामा एक भव्य कार्यक्रमका वीच ‘विजय खरेल स्मृतिग्रन्थ’ लोकार्पण गरिएको छ ।

सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भाषाविद्, संस्कृतिविद् प्रा.डा.जीवेन्द्रदेव गिरीले उक्त कृतिको विमोचन गरेकम थिए ।

सो कार्यक्रममा वरिष्ठ अधिवक्ता लीला उदासी, संविधान सभा सदस्य रविन कोइराला, विजय खरेलकी जीवनसँगी पार्वती खरेल, मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेती, रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओली, मेची बहुमुखी क्याम्पसका पूर्वप्रमुखद्वय उमा ओली र कमल गुरागाईं, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, मोहनकाजी, प्रा.डा.गङ्गाप्रसाद अधिकारी, नर्थ बङ्गाल युनिभर्सिटीका प्राध्यापक कृष्णराज घतानी, नेपाली साहित्य विकास समिति, झापाका अध्यक्ष केशव आचार्य, ज्येष्ठ शिक्षक सचेन राई (घुम, दार्जिलिङ), सल्लाहकार राम कट्टेल, भीम खवास, लक्ष्मी उप्रेती लगायतको विशेष आतिथ्य रहेको थियोे ।

लोकार्पित स्मृतिग्रन्थको परिचयात्मक टिप्पणी गर्ने काम डा.दशरथ खरेल तथा भूवन सुब्बाबाट भएको थियोे । उक्त कार्यक्रममा बहुमुखी प्रतिभाशाली कवि, उपन्यासकार, गीतकार, कलाकार, गायक केसाङ लामालाई ११ हजार नगदसहित दोसल्ला तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरियो ।

विमला प्रधान जोशी, भूमिका राईद्वारा कविता वाचन गरिएको कार्यक्रममा अग्रज सञ्चारकर्मी चन्द्र भण्डारी, राजनीतिकर्मी राम कट्टेल, नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, वागमती प्रदेशका पूर्व प्रदेशप्रमुख विष्णु प्रसाईं, वरिष्ठ अधिवक्ता लीला उदासी लगायतले मन्तव्य राखेका थिए ।

विजय खरेलका नाति साईकिरण लम्सालले विजय खरेललाई साह्रै मन पर्ने गरेको राजेश पायल राईले गाएको गीत सुनाए र उनले विजय खरेलरचित गीत पर्दामा दृश्यसहित रेकर्ड सुनाएर सार्वजनिक गरे ।

विजय खरेलकी ठूली छोरी जयन्ती खरेलले मिठो भाषामा भावनापूर्ण शब्दावलीले सबैलाई धन्यवाद दिइन् भने त्यस्तै पूरक धन्यवादका शब्द र आफ्ना केही शब्द मिलाएर अध्यक्ष पुण्यप्रसाद खरेलद्वारा कार्यक्रम समापन भयो ।

कार्यक्रममा साहित्य कला सङ्गमका विष्णु न्यौपाने, प्रलेस के.स. राजेन्द्र संग्रौला, कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदी, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी, डाइनामिक ग्रुपका अर्जुन खरेल, भानु साहित्यिक प्रतिष्ठानका कावा अध्यक्ष डिल्लीराम घिमिरे, महासचिव सुशील आचार्य, प्रलेस झापाका अध्यक्ष लीलाप्रसाद अधिकारी, प्रलेस तेह्रथुमका अध्यक्ष देवीप्रसाद संग्रौला, मेची क्याम्पसका सहप्राध्यापक चूडामणि वशिष्ठ, पुण्य खरेल, कविहरु टङ्क विकल्प, जय भण्डारी, घरदलान साहित्य बुधबारेका संयोजक गणेश निरौला, कविहरु खगिन्द्रा खुसी, रश्मि असफल, हस्त परियार, भगवती ढुङ्गेल, जय आचार्य, एनवी दाहाल नविन, सन्तोष आचार्य, अर्जुन कार्की, अम्बिका भण्डारी, विरही अधिकारी, हरिनारायण भट्टराई, हरिप्रसाद नेउपाने, बुद्ध शान्ति साहित्यिक तथा सांस्कृतिक प्रतिष्ठान अध्यक्ष शिवकुमार पौडेल, तोयालाल दाहाल, मिना अधिकारी, झाँक्रीखोले, डा.ठाकुर पोखरेल, सहकारी अभियन्ता रामचन्द्र उप्रेती, कविहरु अमृता पाठक चौंलागाईं, दुर्गाप्रसाद सिग्देल, अभागी थेगुवा, मायामितु न्यौपाने, सागर सिवाकोटी, जय आचार्य, हरिप्रसाद रिमाल, लता प्रसाईं, इन्दिरा खरेल, तुलसी निरौला, क्या.गोपीलाल लिम्बु, सुनीता तामाङ लगायतको आतिथ्य रहेको थियो ।

सुसेली साहित्यिक परिवारका सदस्य सुभद्रा भट्टराईको स्वागत मन्तव्य रहेको सचिव कनक कार्कीले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here