एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन

0
22

फुङ्लिङ (ताप्लेजुङ),

यहाँ रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षको अवधिमा करिब रु चार करोड भेटी सङ्कलन भएको छ । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रुपमा चढाएको उक्त रकम सङ्कलन गरिएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन, भदौ, असोज, कात्तिक र मङ्सिरमा मात्रै रु एक करोड छ लाख ४३ हजार एक सय ७२ भेटी सङ्कलन भएको थियो ।

पुसमा रु ३५ लाख २९ हजार, माघमा रु २४ लाख एक हजार पाँच सय र फागुनमा रु ५५ लाख ६० हजार आठ सय ८० भेटी सङ्कलन भएको समितिले जनाएको छ ।

पाथीभरामा मुख्य पूजापाठ चैते दसैँको समयमा हुने भएका उक्त समयमा भक्तजनको घुइँचो लाग्ने गरेको निर्देशक हाङवाङले बताउनुभयो । चैत मात्र रु ७५ लाख सात हजार एक सय ५० भेटी सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

पाथीभरा क्षेत्र विकास समितले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै वैशाखमा रु ६९ लाख ३२ हजार चार सय, जेठमा रु १५ लाख ६५ हजार नौ सय ६५ र असारमा रु १६ लाख ८८ हजार नौ सय भेटी सङ्कलन भएको उल्लेख गरिएको छ ।

गत आवमा दुई लाख ३१ हजार तीन सय ३४ जना भक्तजनले ताप्लेजुङको पाथीभरा धाममा पुगेर पूजापाठ गरेका क्षेत्र विकास समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here