झापा र मोरङमा ब्राउनसुगरसहित सात जना पक्राउ

0
27

मोरङ,

मोरङ र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर-१६ स्थितमा चेकजाँचको क्रममा को १९ प ८५९२ नम्बरको मोटरसाईकलमा सवार मोरङ सुन्दरहरैचा नगरपालिका–५ का २५ बर्षीय अभिषेक चौधरी र सुन्दरहरैचा–४ का ३० बर्षीय उज्वल सापकोटालाई ३ ग्राम २४ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

यता झापाको अस्थायी प्रहरी पोष्ट नयाँबसपार्क बिर्तामोड प्रहरी टोलीले सिन्धुलीका २८ बर्षीय धनबहादुर बस्नेतलाई ३ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित र मेचीनगर–६ धाईजनका ३० बर्षीय सोनु तामाङ र २८ बर्षीय शुरेश गुरुङलाई १ ग्राम ८७० मिलिग्राम ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय धुलावारी र लागूऔषध नियन्त्रण ब्युरो कांकरभिट्टाको प्रहरी टोलीले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

त्यस्तै इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र।१–०१–०१५ प ७८०८ नम्बरको स्कुटरमा सवार कमल गाँउपालिका–१ का २९ बर्षीय मौसम लिम्बू र ३६ बर्षीया सर्मिला राईलाई ५ ग्राम ५३० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ब्राउनसुगर सहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here