सुन्दरहरैचा ५ को वडा कार्यालय भवन उद्घाटन

0
59

योगेन्द्र योगी
भिमचौरी (मोरङ),

मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवनको बुधबार उद्घाटन गरिएको छ। नगर प्रमुख केदार प्रसाद गुरागाई र उप–प्रमुख अंकली चौधरीले भवनको उद्घाटन गरेका हुन्।

नगरप्रमुख गुरागाईले १२ वटा वडा कार्यालयहरु मध्य अधिकांस वडाको भवन निर्माण सम्पन्न भइसकेको बताए। ७ र १० नम्बर वडाको भवन बन्न बाँकी रहेको र ती वडाको पनि चांडै बन्ने बताएका थिए।

‘वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्दैन,’ नगरप्रमुख गुरागाईले भने, ‘त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं बाँकी दुई वडाको पनि चांडै बन्छ।’ उनले वडा कार्यालय भवन निर्माण गर्न बाँकी रहेका अन्य दुई वडामा पनि क्रमिकरुपमा नयाँ भवन निर्माणका लागि नगरपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने बताएका थिए।

नया भवनमा कर्मचारीहरुले पनि जोस जाँगर लगाएर काम गर्नुपर्ने बताउदै प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले कानुनको परिधि भित्र रहेर काम गर्न त्यस वडाका कर्मचारीहरुलाई निर्देशन दिएका थिए।

कार्यक्रम सुन्दरहरैचा ५ का वडाध्यक्ष गणेश चौधरीले नागरिकलाई सेवा प्रवाह गर्ने नजिकको सरकार वडा कार्यालय भएको बताउँदै वडाबाट दिइने सेवाहरू जति व्यवस्थित तरिकाले दिने बताए।

कार्यक्रममा वडा कार्यालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने दुई परिवारलाई सम्मान गरिएको थियो। उक्त वडा कार्यालयको भवन ४९ लाख ४३ हजार १२६ रुपैयाको लगायतमा निर्माण सम्पन्न भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here