विपत व्यवस्थापनमा पूर्व तयारीको भूमिका

0
28

नेपाल विपद्को दृष्टिकोणले विश्व कै संवेदनशील क्षेत्रमा पर्दछ । विश्वका करिब १९८ देशहरुसँग तुलना गरेर हेर्दा नेपाल समग्र दृष्टिकोणले १३औं स्थानमा पर्छ । नेपालको भौगर्भिक अवस्था तथा भौगोलिक अवस्थाका कारणले नेपाल विपद्को दृष्टिकोणले यति धेरै संवेदनशील क्षेत्रमा रहेको हो । उच्च हिमखण्डहरूदेखि लिएर तराइका समथर भू–भागहरु, नदी–नाला, ताल–तलैया, सिमसार, टार, भिरपाखा आदि अत्यन्तै विषम् प्रकारका भूबनोट रहेको कारणले नेपालमा धेरै यस्ता विपद्का सम्भावनाहरु बढी छन् । जलवायु परिवर्तन र भुकम्पिय जोखिममको दृष्टिकोणले त नेपाल अझै अगाडि छ । जलवायु परिवर्तनको कारण हुन सक्ने सम्भावित विपद्मा नेपाल चौथो नम्बरमा पर्छ र भूकम्पीय दृष्टिकोणले विश्वमै दशौं नम्बरमा पर्न आउँछ । यसरी वार्षिकरुपले विपद्ले पनि नेपालको ठूलो धनजनको क्षति पुगिरहेको छ ।

विकास निर्माणका कार्यहरुमा अवरोध पु¥याइरहेको छ । तथापि हाम्रो समाजमा विपद् व्यवस्थापनका बारेमा उतिसारो चर्चा हँुदैन मानौं विपद् व्यवस्थापन समाजको दोस्रो दर्जाको विषय हो । समाजमा राजनीतिका बारेमा यति धेरै चर्चा हुन्छ, टिकाटिप्पणी हुन्छ, सामाजिक सञ्जालहरुमा धेरै अन्य विषयहरुमा टिकाटिप्पणी हुन्छ । तर, विपद् व्यवस्थापनको बारेमा चर्चा गर्नु हेयको दृष्टिकोणले हेरिने गरिन्छ अथवा यस्ता विषयहरुको बारेमा समूहमा छलफल गर्न चाह्यो भने हिनताबोधको शिकार हुनुपर्ने अवस्था छ । स्थानीय हाम्रा गाउँघरहरूमा विभिन्न गैरसरकारी संघ–संगठन, संस्थाहरु छन् । तर, विपद् व्यवस्थापनका बारेमा गम्भीरतापूर्वक छलफलहरु भएको मैले अहिलेसम्म जानकारी पाएको छैन ।

विपद् व्यवस्थापनमा काम गर्ने केही कार्यालयहरुमा कर्मकाण्डीरुपमा केही काम गरिन्छ । तर, यस्ता झारो टार्ने काम कहिले पनि नतिजामुखी हुन सकेको छैन । नत्र भने वर्षौंदेखि यही समस्याले पिरोलिइरहेका हामी विपद्का समस्याहरु समाधान नहुनुमा दोषीको भन्ने कुरा हामीले कहिले खोज्ने चेष्टा नै गरेनौं र विपद्मा परेका आमनागरिकहरुलाई राहत वितरण गर्ने प्रणालीभन्दा माथि जानै सकेनौं । विपद् व्यवस्थापनमा केही अर्थमा सुरक्षा निकायको उपस्थिति र प्रयास सराहनीय छ । तर, यो व्यवहार विपद् व्यवस्थापनको एउटा पाटो मात्र हो, विपद् परेको तत्कालीन अवस्थामा खोज तथा उद्धार गर्नका लागि सुरक्षा निकायको प्रयोग गरिन्छ । तर, विपद् व्यवस्थापनका अरु धेरै पक्षहरु हुन्छन्, यसमा सुरक्षा निकायको कुनै संलग्नता हुँदैन ।

कसैले पनि आफूलाई विपतले छोएको छैन भने सधैंभरी ढुक्क भएर बस्नु हुँदैन । विपद् कसलाई कतिबेला हुन्छ भन्ने कुराको ज्ञान कसैलाई हुँदैन, नेपालीमा एउटा भनाइ छ– पल्ला घरको खोरको बाख्रा बाघले खायो भने आफ्ना बाख्राहरु सुरक्षित छन् भन्ने ठान्नु हुँदैन, भोलि आफ्नो पाली पनि आउन सक्छ । त्यसकारण कुनै एउटा समूहलाई अथवा व्यक्तिलाई विपद् प¥यो भनेर आफू ढुक्क भएर बस्न सक्ने अवस्था हुँदैन ।

विपद् व्यवस्थापन एउटा बृहत्तर क्षेत्र हो । यसले धेरै ठूलो क्षेत्रलाई समेट्छ, यसका थुप्रै आयामहरु हुन्छन् । यसका धेरै चरणहरू छन् । यसका बारेमा प्रष्ट हुनका लागि केहि समय लाग्न सक्छ । मैले यहाँ खाली यसको थोरै महत्वको बारेमा विषय प्रवेश गर्न मात्र खोजेको हुँ ।

भौगोलिक अवस्था र समय अनुसार विपद्हरु फरक हुन सक्छन्, उदाहरणका लागि बर्खायाममा बाढी, पहिरो डुबानको आदिको समस्या हुन सक्छ भने हिउँदमा शितलहर आदि जस्ता विपद्हरुले धनजनको क्षति गर्न सक्छन् । त्यसैगरी हिमाली भेग, पहाडी र तराईमा भेगमा हुन सक्ने सम्भावित विपदहरु पनि फरक छन् । सम्पूर्ण विपद् व्यवस्थापनका लागि केही एकीकृत विषय बाहेक फरक विपद्को फरक चरित्र हुने भएकोले व्यवस्थापनको पाटो पनि के फरक पर्छ । म आज यस लेखमा तराई क्षेत्रमा अहिलेको सुख्खा महिनामा हुन सक्ने सम्भावित विपद् आगलागीका बारेमा कसरी हामी बच्न सक्छौं वा आगलागीबाट हामी सम्भावित धनजनको क्षतिलाई कसरी न्यूनीकरण गर्न सक्छौं भन्ने बारेमा छोटकरीमा बुँदा गत रुपमा चर्चा गर्न चाहन्छु ।

सचेतनाः सर्वप्रथम हामीले विपद्का बारेमा बुझ्नलाई जरुरी छ । यसको असरलाई गम्भीरतापूर्वक बुझ्न जरुरी छ । जसले गर्दा हामीलाई यस्ता विपद्हरुको पूर्व तयारी गर्नको लागि सहज वा सजिलो हुन्छ । मैले माथि नै उल्लेख गरे अनुसार हरेक परिवार, टोल, वडाहरुमा बेला–बेलामा सम्भावित ठाउँमा हुन सक्ने विपद्का बारेमा छलफल गर्न आवश्यक छ । विगतमा पटक–पटक दोहोरिएका विपद्का बारेमा बेला–बेलामा, समय अनुसार छलफलहरु हुन जरुरी छ । यसले गर्दा सम्भावित विपद्का बारेमा धेरै कुराहरु अगाडि आउँछ, जानकारी हुन्छ । जसले गर्दा यस्ता विपद्हरूको समस्या समाधान गर्न पनि ठूलो सहयोग पुग्नेछ ।

कुनै पनि समस्याको समाधान गर्नको निमित्त त्यस विषयको जरादेखि नै जानकारी हुन जरुरी छ । उदाहरणका लागि अहिलेको सुख्खा समयमा तराइका भू–भागहरुमा आगलागिका समस्याहरू धेरै हुन सक्ने सम्भावना छ । त्यसकारणले आगलागीका बारेमा केही कुराहरु जान्न जरुरी छ । आगलागी भन्नाले आगोसँग सम्बन्धित भएकोले आगो कसरी बन्दछ र यसलाई नियन्त्रण गर्न के गर्न सकिन्छ भन्ने बारेमा जानकारी राख्न जरुरी हुन्छ । आगो बन्नको निमित्त तीन वटा तत्वहरूको आवश्यकता पर्दछ– ताप, सामग्री र हावा । यी तीन तत्वहरु मिले भने आगो निर्माण हुन्छ । त्यसैले कतै भइरहेको आगोलाइ नियन्त्रणमा लिनुपर्ने भए ती तीन मध्ये कुनै एउटालाई पूर्णरुपले बाहिर निकाल्न सक्नुपर्छ र आगो निभ्छ ।

पूर्व तयारीः पूर्व तयारी विपद् व्यवस्थापनको एउटा महत्वपूर्ण अङ्ग हो । हरेक विपद्का लागि पूर्व तयारीले महत्वपूर्ण भूमिका खेल्न सक्छ । कुनै पनि प्रकारका विपद्हरु हुन सक्छ भन्ने हामीले सोचेर तयारीका साथ बस्न जरुरी छ । उदाहरणका लागि समय–समयमा मौसम परिवर्तन हुँदै गर्दा परिवारभित्र र छरछिमेक सँग, टोलभित्र, वडाभित्र बसेर विपद्का बारेमा छलफल गर्ने । सम्भावित विपद्हरु परी हालेको खण्डमा हाम्रा सवल पक्षहरु के–के हुन्, हाम्रा कमी–कमजोरीहरु कहाँ छन् भन्ने बारेमा तयारीका साथ बस्न जरुरी हुन्छ ।

त्यस्तै आगलागी कै कुरा गर्दाखेरी सम्बन्धित नगरपालिका वा गाउँपालिकामा रहेका वारुणयन्त्रको जुन आफूलाई पायक पर्छ, त्यसको फोन नम्बरहरु राख्न जरुरी छ । पायक पर्ने सुरक्षा निकायका फोन नम्बरहरु, एम्बुलेन्सका नम्बरहरु र आवश्यक पर्ने तत्सम्बन्धी विज्ञहरु हाम्रो नजिकमा भए यिनीहरूको फोन नम्बरहरु तयारीका साथ राख्नु जरुरी छ । यसरी पूर्व तयारीले क्षति न्यूनिकरणमा महŒवपूर्ण भूमिका खेल्छ ।

एउटा लेखमा विपद् व्यवस्थापनका बारेमा धेरै कुराहरु अटाउन पक्कै सकिँदैन, हामीले यसका बारेमा चासो, सचेतना राख्नुपर्छ भन्ने कुरा शुरुवात ग¥यौं भने मात्र पनि धेरै विपद् व्यवस्थापनको क्षेत्रमा एउटा ठूलो परिवर्तन हुन सक्छ । विपद् व्यवस्थापन सम्बन्धी छलफल गर्न आजबाट शुरु गरौं र हाम्रा कलिला भाइबहिनीहरुलाई पनि यसबारेमा छलफल गर्नुपर्छ भन्ने ज्ञान दिलाउन सकियो भने विपद् व्यवस्थापनको पहिलो खुड्किलो यो बन्न सक्छ र क्षति न्यूनीकरण गर्नलाई ठूलो सहयोग पुग्छ ।

(निरौला विपद् व्यवस्थापन तथा समकालीन राजनीतिका बारेमा कलम चलाउँछन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here