बागमती प्रदेशका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गरिँदै

0
8

भक्तपुर,

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि उच्च प्राथमिकता दिने जानकारी दिनुभएको छ ।

आफ्नो सम्मान आज यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा उहाँले प्रदेशभित्रका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ सिटामोलसमेत नपाएर ज्यानै जाने अवस्था गाउँगाउँमा अब आउँदैन ।

माडबारी सेवा समितिसँगको सहकार्यमा उपत्यकाभित्रका अस्पतालमा मृत्यु भएकाको शवलाई निःशुल्क आर्यघाटसम्म पुर्याउने व्यवस्था गर्ने तयारी गरेको छु । ” मन्त्री थापाले आफूले प्रदेशका सबै जिल्लाका सरकारी अस्पतालको अनुगमन गरेर थप सुधारको लागि प्रयास गर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here