धनकुटाको भेडेटारमा स्काईवाक संचालन

0
55

मोरङ,

धनकुटाको भेडेटारमा निर्माण भएको स्काईवाक सञ्चालनमा आएको छ । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई र धरान उपमहानगरका मेयर हर्क साङ्‌पाङले सामूहिक रुपमा रिवन काटेर स्काइवाकको उद्घाटन गरेका छन् ।

एक पटकमा दुईसय जना हिँड्न सकिने ५० मिटर लम्बाइ रहेको रहेको छ । चार वर्ष पहिले सम्झौता भई निर्माण थालिएको स्काईवाकको उचाइ भने १ सय, चौडाइ ४ मिटर र घुम्तीमा १० मिटरको रहेको छ ।

करिब २० करोड लगानीमा स्काइवाक निर्माण गरिएको जनाइएको छ । प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले स्काइवाक निर्माण गरेको हो ।

वोन्डर्सअम्युज्मेण्ट पार्कस एण्ड अट्राक्सन्स प्रालि र कम्पनीका सीइओ आकर्षण पोखरेल लगायतको टीमलाई मुख्यमन्त्री कार्कीले समेत बधाई दिएका थिए ।

कार्यक्रममा बोल्दै उनीले प्रदेश सरकारले चांडै कोशी प्रदेशमा लगानी सम्मेलन गर्ने र २०८२ मा प्रदेशलाई पर्यटन वर्षको रुपमा मनाउने बताएका थिए । साथै प्रदेशमा पर्यटन प्रवर्धनका लागि छिट्टै चिया महोत्सव पनि गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here