होलीमा माछा मार्दा डुबेर मृत्यु

0
30

दमक (झापा),

झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने क्रममा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवसताक्षी–४ बोलोचोकका ४० वर्षीय चन्द्रे मुर्मू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

टुनुवस्ती नजिकै पानी जमेको होलीमा माछा मार्ने क्रममा डुबेको अवस्थामा भेटिएका मुर्मूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुर्मूसहित ३५ वर्षीय अक्तर मियाँ माछा मार्ने क्रममा करिब पौने ४ बजे पानीमा डुबेका थिए । उनीहरूलाई उद्धार गरेर शिवगञ्जस्थित नगर अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

थप उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएकामा मुर्मूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here