स्थानीय न्यायिक समितिका लागि छुट्टै इजलास

0
2
बेलबारी (मोरङ),
मोरङको लेटाङ नगरपालिकाले स्थानीय न्यायिक समितिका लागि छुट्टै इजलास निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
स्थानीय न्याय प्रणालीमा सहजताका लागि इजलासको सुरुआत गरिएको हो । इजलास सुरु गरेसँगै उपप्रमुख तथा न्यायिक समितिकी संयोजक कृष्णकुमारी निरौलाले भन्नुभयो, “स्थानीय सरकार सञ्चालन ऐन बमोजिमका मुद्दामा मेलमिलाप गर्न नसकिएमा फैसला गर्न पाउने कानुनी व्यवस्था छ, यसअनुसार अब हामीलाई अदालत जस्तै फैसलाको अधिकार रहनेछ । यो इजलास हाम्रो नगरपालिकाको न्याय प्रणालीमा एक नयाँ अध्याय हो । अब हामी अझ प्रभावकारी र व्यावसायिक तरिकाले न्याय सम्पादन गर्न सक्षम हुनेछौँ ।”
रु २६ लाख ५७ हजार चार सय १० को लागतमा निर्मित यो दुईतले भवनमा इजलासका साथै गोप्य कक्ष र बैठक कक्षको समेत व्यवस्था गरिएको छ । यस नयाँ संरचनाले स्थानीय सरकार सञ्चालन ऐनअन्तर्गत न्यायिक समितिलाई प्रदान गरिएको अधिकारहरूको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको नगर प्रमुख भुपेन्द्रकुमार लावती बताउनुहुन्छ ।
यसअघि उपप्रमुखको कार्यालयबाटै सञ्चालन हुँदै आएको न्यायिक सेवाहरू अब यस नवनिर्मित भवनबाट प्रदान गरिने लेटाङ नगरपालिकाले जनाएको छ । इजलासमा न्यायिक समिति संयोजक, दुईजना न्यायिक समिति सदस्य, सम्बन्धित मेलमिलापकर्ता र विवादित पक्षका व्यक्तिहरू रहने व्यवस्था गरिएको उपप्रमुख निरौलाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here