झापामा नक्कली सुन देखाएर ठगी गर्न खोज्ने दुई जना पक्राउ

0
2

झापा ।

झापाको शिवसताक्षीमा नक्कली सुन देखाएर ठगी गर्न खोज्ने दुई जना पक्राउ परेका छन् ।

शिवसताक्षी–९ मिलन चोकस्थित पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ रहेको रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा ताप्लेजुङ साबिक तेल्लोक गाबिस–७ हाल सिरीजंगा गाउँपालिका ४ घर भई झापा अर्जुनधारा ११ स्थित पुतलीझोडा बस्ने ४२ वर्षीय माइला कामी भन्ने पदमबहादुर विश्वकर्मा र ताप्लेजुङ मैवाखोला गाउँपालिका ६सामतोङ बस्ने ४१ वर्षीय राम लिम्बूले सुनसरी वराहक्षेत्र ५ कालाबन्जारस्थित पाथीभरा ज्वेलर्स सञ्चालन गर्ने मानबहादुर बिक लाई बिलबिजक नभएको गाली राखेको करिब ७०० ग्राम सुनजस्तो नक्कली धातु बेच्न लागेका थिए ।

उक्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी निरीक्षक अनीश बुढाथोकीको टोलीले राम लिम्बूलाई पक्राउ गरी चेकजाँच गर्दा उनले बोकेको झोलाभित्र सेतो कपास र रातो कपडाले बेरेको बाहिरी भाग कालो भएको बीच भागमा काटिएको पहेँलो सुनजस्तो देखिने बस्तुको लेप लगाएको एक के।जी १९० ग्राम तौल भएको धातु, फलामको बिड बिनाको १ थान मार्तोल र विभिन्न सुनचाँदी पसलको बिल तथा भिजिटिङ कार्डहरू फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दागर्दै उनका साथी पदमबहादुर विश्वकर्मा भागेर फरार भएका थिए । खोजतलास गर्ने क्रममा अर्जुनधारा ११ पुतलीझोडामा भाग्दै गर्दा विश्वकर्मा फेला परेका थिए । दुवै जनालाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट झापा जिल्ला अदालतमा उपस्थित गराई ठगी कसुर मुद्दामा पाँच दिन म्याद थप लिई अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका लिम्बूले यसअघि कर्तव्य ज्यान मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरेको खुल्न आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here