कमलमा प्रमुख प्रसाशकिय अधिकृत शाक्यको बिदाई र ढकाललाई स्वागत

0
2

कमल ।

झापाको कमल गाउँपालिकामा कार्यरत प्रमुख प्रसाशकिय अधिकृत राजकुमार शाक्यलाई बिदाई गरिएको छ भने सरुवा भएर आउनुहुने केशवकुमार ढकाललाई स्वागत गरिएको छ ।

दुईवर्ष देखि कमल गाउँपालिकामा प्रमुख प्रसाशकिय अधिकृतको रुपमा कार्यरत शाक्य फेरी भेटौला कार्यक्रम अन्तर्गत इलामको चुलाचुली गाउँपालिकामा सरुवा भए पछि गाउँपालिकाले कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो ।

त्यस्तै इलामको चुलाचुली गाउँपालिका बाट फेरी भेटौला कार्यक्रम अन्तर्गत कमल गाउँपालिकामा आउनु भएका ढकाललाई समेत स्वागत गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई , उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, वडा अध्यक्ष, कार्यपालिका सदस्य , वडा सदस्य र कर्मचारीको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here