गठबन्धन

0
24

म यहाँ बेच्दैछु
गठबन्धनमा मेरो इज्जत र धरोहरहरु
म मेरो आत्मा र अस्तित्वहरु
मलाई कसैले यहाँ मासुका चोक्टा र
बियर खुवाए भने मलाई कसैले यहाँ
सुरा र सुन्दरी ल्याइ दिए भने
म यहाँ बेच्दैछु गठबन्धनहरु ।
मेरो इच्छा र आकांक्षाहरु
मलाई मतलब छैन मेरो आफ्नो
पार्टी–पौवासँग मलाई कुनै मतलब छैन
मेरो सिद्धान्तहरुसँग मलाई मतलब छैन
मैले बोलेका बचनहरुसँग मलाई मतलब छैन
म त मात्र आफ्नो स्वाभिमान बेच्दैछु गठबन्धनमा ।
कोही छ यहाँ मेरो बोलिका दाम लगाउनेहरु
कोही छ यहाँ मेरो अस्तित्वको पहिचान गराउनेहरु
कोही छ यहाँ मेरो मानवताको
सौदा गर्नेहरु म त मात्र यहाँ
आफ्नो शान बेच्दैछु गठबन्धनमा
को कस्को पार्टीको, को कस्को साथीको
कस्को चिन्हको, कस्को प्रतिक
म त मात्र आफ्नो इमान बेच्दैछु गठबन्धनमा ।
भन्नेहरु पनि धेरै छन्, किन्नेहरु पनि धेरै छन्
म र मेरो बलिदानका कुराहरु तिमी
मेरो घोषणा पत्रमा गएर हेर म तिम्रो
बलिदानका कथाहरु म प्रष्ट पारेर लेख्नेछु गठबन्धनमा
इतिहासका पानाहरुमा रक्ताम्य अवस्थामा
लतपतिएका लासहरु मेट्ने छौं यो गठबन्धनमा
म शेर हुँ भन्थ्यो म एक्लै हिँड्छु
गाउँ–गाउँ एक्लै डुल्छु
मलाई कस्ले के गर्छ
जब पार्टी फुट्ने आयो निर्देश
अनि केही रहेन शेष
तब शेर र स्याल एकै ठाउँमा
मुसो र बिरालो एकै ठाउँमा
त्यसैले त आज बेच्दैछु गठबन्धनमा
मेरो यहाँ बेच्दैछु गठबन्धनमा ।

मेचीनगर–१३, चारआली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here