गजल

0
3

किन्नै लायक छैन वस्तु जुन त्यो हेरेर के हुन्छ र ?
घाटा हुन्छ भने सधैँ पसलमा बेचेर के हुन्छ र ?

छोडी देश तिमी गयौ सब उतै पोख्यौ कला कौशल,
छातीभित्र प्रगाढ देश ममता भेटेर के हुन्छ र ?

दोषी कर्म गरे कुनै समयले देखाउने नै छ है,
केहीबेर अगाडि घाम करले छेकेर के हुन्छ र ?

नेताको मनभित्र धर्म नभए बद्लिन्न यो देश नै,
नेपालीपनका सुशोभित लुगा बेरेर के हुन्छ र ?

माटाको रङ लेख्न सक्छ कसले ? लेख्नेहरू हो सुन,
सीमा त्यो मिचिँदैछ प्रेम कविता लेखेर के हुन्छ र ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here