खाँदबारीका नेवार युवायुवतीलाई धिमेबाजासम्बन्धी २५ दिने प्रशिक्षण

0
11
खाँदबारी,
सङ्खुवासभाको खाँदबारी नगरपालिकाका नेवार युवायुवतीलाई धिमेबाजा, बाँसुरी, चर्या नृत्य र नेवारी भाषासम्बन्धी प्रशिक्षण दिइएको छ । नेवाः मिसा दबु खाँदबारी नगरको आयोजनामा खाँदबारी आसपासका ६० युवायुवतीलाई धिमेबाजालगायत नेवारी संस्कार र संस्कृतिबारे २५ दिने प्रशिक्षण दिइएको हो ।
नेवार बस्तीमा परापूर्वकालदेखि बजाइँदै आएको धिमे बाजाको प्रवर्द्धन गर्न युवायुवतीका लागि आयोजना गरिएको प्रशिक्षण आज सम्पन्न भएको नेवाः मिसा दबु खाँदबारीकी अध्यक्ष रसिला शाक्यले बताउनुभयो ।
नेवारी संस्कृतिमा हरेक कामको सुरुआत गर्नुअघि धिमेबाजा आवश्यक पर्ने भएकाले पछिल्लो पिँढीका युवायुवतीलाई धिमे, बाँसुरी र चर्या नृत्य सिकाइएको उहाँले जानकारी दिनुभयो ।
“पुरानो पुस्ताले नेवारी संस्कृति र सीपका बारेमा पुस्ता हस्तान्तरण गर्न प्रशिक्षण आयोजना गरिएको हो । यसलाई निरन्तरता दिने र थप युवायुवती तयार पार्ने हाम्रो योजना छ”, अध्यक्ष शाक्यले भन्नुभयो ।  ।
प्रशिक्षणमा १२ देखि २५ वर्ष उमेर समूहका नेवार समुदायका युवायुवतीलाई सहभागी गराइएको थियो । धिमे नेवार समुदायमा सबैभन्दा प्रचलित बाजा हो । यो बाजा नेवार समुदायका विभिन्न चाडपर्व, जात्रा, परम्परा, भोज आदिमा बजाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here