बिर्तामोड उद्योग वाणिज्य संघमा भट्टराईले लिए सपथ

0
6

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको विशिष्ठ सदस्यमा मनोनित निर्मल भट्टराईले सपथ लिएका छन् ।
शनिवार बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमकाबीच भट्टराईले सपथ लिएका हुन् । उनलाई संघका अध्यक्ष राजु न्यौपानेले पद तथा गोपनियताको सपथ गराएका हुन् ।
संघको विधान २०७३ को परिच्छेद नंं. ३ को दफा ६.१ को उपदफा “घ” मा व्यवस्था भए अनुसार संघको कार्यकारिणी समितिको बिशिष्ठ सदस्यमा भट्टराईलाई मनोनयन गरिएको थियो ।
गत बिहीबार बसेको संघको कार्यसमितिको बैठकले निर्मल स्टोरका प्रोप्राइटर समेत रहेका भट्टराईलाई वाणिज्य संघको विशिष्ठ सदस्य पदमा मनोनित गरिएको हो ।
बिर्तामोडका युवा व्यवसायी भट्टराई नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रीय अध्ययक्ष हुन् । उनी एभरेष्ट लार्ज कार्डमम इन्ड्रिष्टिका अध्यक्ष समेत रहेका छन् । बिर्तामोड ५ निवासी भट्टराई विभिन्न सामाजिक संघ संस्थामा समेत क्रियाशील छन् । उनी लोकप्रिय युवा व्यवसायीका रुपमा चिनिन्छन् ।
त्यस्तै संघको चार्टर्ड एकाउण्टेन्स्का रुपमा एञ्जिला मैनालीलाई नियुक्त गरिएको छ । उनी बिर्तामोडकी स्थायी वासिन्दा हुन् ।
कार्यक्रममा नव नियुक्त विशिष्ठ सदस्य भट्टराईले संघको विधान अनुसार व्यवसायीको पक्षमा भूमिका निर्वाह गर्ने धारणा राखेका थिए भने मैनालीले व्यवसायीलाई करका विषयमा आवश्यक परामर्श दिने र समस्या देखिए सुल्झाउन सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here