उपचारमा सहयोग गर्छौ भनेर झुक्यायो स्थानी सरकारले ! ११ बर्षदेखि ओछ्यानमै शान्ता माया

0
94

मोरङ,

मोरङको सुन्दरहरैचा १० की शान्ता माया सार्की विगत ११ बर्ष देखि ओछ्यानमा छिन्। ४५ बर्षीय शान्ताको श्रीमानले आफ्नी श्रीमतीको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् ।

११ बर्ष देखि नशा हड्डी सम्बन्धी रोगको बिरामी हात खुट्टा नचल्ल्ने,बोली नआउने र हिड्डुल गर्न नसक्ने भएर बेडमै थला परेकी छिन्। भएको जयाजेथा पनि बिरामी भएपछि काठमाडौँ जाँदा उपचारमै सकिएपछि अहिले धनमालको नाममा केहि नरहेको र घरको आर्थिक अवस्था कम्जोर हुनुको साथै,बिरामीको अवस्था पनि झन् नाजुक हुँदै गरेकाले थप उपचारको लागि सहयोग गरिदिन सबै देश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उनका श्रीमान चन्द्रबहादुर सार्कीले अनुरोध गरेका छन्।

‘केहि समय काठमाडौँ लगेर रोग केहि भन्ने पत्ता लगाउदै समय बित्यो,रोग पत्ता लगाउदैमा भएको सबै सम्पति सकियो,चन्द्रबहादुरले रुँदै भने,’अहिले घर परिवार पनि ठूलो छ मैले मजदुरी गरेर जसोतसो घर खर्च त चलाउदै आएको छु श्रीमतिको उपचारमा अझै ठूलो पैसा आवश्यक पर्छ,त्यत्रो पैसा कहाँबाट ल्याउनु।’

सबैले सहयोग गरिदिए आफ्नो श्रीमतिले उपचार पाउने भन्दै नगरपालिका तथा नगर प्रमुख केदार प्रसाद गुरागाईले आर्थिक सहयोग गर्ने वचन दिएको भएपनि अहिलेसम्म कुनै पनि सहयोग नपाएको गुनासो गरेका छन्। श्रीमतिले खानै खान नसक्ने र मिक्चरमा पिधेर चम्चाको सहयोगमा मात्र ख्वाउनु पर्ने हुन्छ।

‘यो असार अन्तिमसम्म २५ हजार रुपैया सहयोग गर्छौ भन्नुभएको थियो साउन दोश्रो हप्ता बित्न लाग्दा पनि सहायो पाईएन,उनले थपे,’गाउँ गाउँ सिंह दरबार आउछ भन्थ्ये, खै कहाँ आयो यो त धनीहरुको लागि मात्र आएको रहेछ हामी गरिवको लागि त गाउँमा सिंह आए तर दरबार आएन जस्तो भएको छ।’

नजिकको हाम्रो सरकार भनेको स्थानीय सरकार नै हो तर झुट्टो आश्वाशन मात्र दियो सहयोग गरेन के गरिव जनताले बाच्न नपाउने हो यो देशमा। काठमाडौँ लगेर उपचार गराउदा आर्थिक अभाव भएर अहिले घरमै थला परेर बस्नु परेको उनले बताएका छन्। अहिले आमाको सिहारसुसार गर्नुपर्ने भएकाले छोरीले पनि बीचमै पढाई छाडेर बस्नु परेको उनी बताउछन्।

‘घर कै कमाउने मान्छेको अवस्था यस्तो छ,’ छोरीले दुखेसो गरिन्,’ बुबाले मजदुरी गरेर नै हामीलाई पाल्दै आउनु भएको छ । तर, दैबले पनि हामी जस्ता गरिबलाई नै अन्याय गर्दा रहेछन् । हामी नै ममीको साहारामा थियौँ । अहिले यस्तो अवस्थामा हुनुहुन्छ ।’ साथै, हामीलाई जीवनयापन गर्न निकैकष्ट भएको छ ।

बुबाले ममीको उपचार खर्च जुटाउनु कि हामीलाई पाल्नु,हामी त जसोतसो गरौला ममीको उपचार खर्च जुटाएर निको पार्न पाए त्यसैमा खुशी छौ,सबैले मेरो ममीको उपचारमा सहयोग गरिदिनुहोस्। काठमाडौँ लानुपर्ने अवस्था भएको हुँदा चन्द्रबहादुरले सहयोग याचना गर्दै सबै सँग अनुनय बिनय गरिरहेका छन्।

स्थानीय यादव चौधरी लगायतको टिमले शान्ताको उपचारमा सहयोगका लागि सिटी सफारी मार्फद माइकिङ्ग गर्दै चोक-चोक तथा हटिया- हटिया धाउदैन शनिबार देखि आर्थिक सहयोग अभियान संचालन थालेका छन्। शान्ता मायालाई सहयोग गर्नका निम्ति चन्द्र बहादुर सार्की प्राइम बैंकको खाता नम्बर ०३६०००३२बी६ मा रकम जम्मा गर्न सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here