‘सपनाहरुको बही’ कविता संग्रहको परिचर्चा

0
18

बुट्टाबारी ।

नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर समितिको आयोजनामा सपनाहरूको बही कविता संग्रहको एक समारोहकाबीच कृति परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

कवि अभागी थेगुवाले लेखेको उक्त कविता संग्रहको परिचर्चा कुमार भट्टराई, पुण्यप्रसाद बराल, लक्ष्मी रिजाल र टीकाराम कटेलले गरेका थिए । कविता समय सापेक्ष र कविले नबोले पनि कविताको माद्यममार्फत समाजलाई सन्देश दिन खोजेका छन् ।

कविले परिवार, समाज र राष्ट्रलाई सुदृढीकरण गर्न सबै नलाग्ने हो भने हामी अन्य देशभन्दा साहित्य क्षेत्रमा पछि पर्ने कवितामार्फत उल्लेख गरेका छन् । शिक्षक र माया प्रेम आदि बिषयले कविता सग्रह रोचक बनेको छ ।

कवि महारानीगञ्ज मावि अर्जुनधारा –११ का प्रधानाध्यापक समेत हुन् । समाज र नगरको सम्पत्ति रहेको भन्दै लेखक खरेल, शिक्षक पुण्य सुवेदी लगायतले शुभकामना दिएका थिए ।

यसैक्रममा नगरमा नवप्रवेसी शिक्षक सुमन कटुवाल, बबिता नेपाल, रेखा तिमल्सिना, केशव भट्टराईलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधाराका प्रमुख एवम् उपसचिब तोयानाथ रेग्मीले प्रशंसा पत्र सहित सम्मान र स्वागत गरेका थिए ।

कवि थेगुवाले उपस्थित अतिथिहरुको सक्रिय सहभागी जनाई हौसला दिएकोमा धन्यवाद दिएका थिए । नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर अध्यक्ष चन्द्र खत्रीको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सहजीकरण टंक न्यौपानेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here