झापाका पाँचवटै क्षेत्रमा क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रम

0
24

विर्तामोड।

नेपाल महिला संघ झापाले झापाका पाँचवटै क्षेत्रमा क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

नेपाल महिला संघ झापाका अध्यक्ष टिकादेवी सिटौला मैनालीको अध्यक्षता र नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले भदौ २ गतेदेखि ७ गतेसम्म प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो ।

जस अन्तरगत भदौ २ गते क्षेत्र नं–१ मा, भदौं ४ गते क्षेत्र नं–२ मा भदौ–५ गते क्षेत्र नं–३ मा भदौ–६ गते क्षेत्र नं–४ मा र भदौ–७ गते क्षेत्र नं–५ मा क्षेत्रस्तरीय प्रशिक्षण सम्पन्न गर्ने निर्णय भएको सचिव उर्मिला ढकाल पोखरेलले जानकारी दिनुभयो ।

महिलाहरुको नेतृत्व विकास, महिला अधिकार सम्बन्धि कानुनी ब्यवस्था, नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास र महिला संघ लगायतका विषयमा दिइने प्रशिक्षणमा महिला संघका वडा, गाउँ÷नगर, क्षेत्रका पदाधिकारी एवं सम्बन्धित क्षेत्रका जिल्ला पदाधिकारी एवं सदस्यहरु लाई सहभागी गराउने लक्ष्य रहेको अध्यक्ष मैनालीले जानकारी दिनुभयो ।

बैठकले आगामी साउन २४ गते महिला संघको ७७ औं स्थापना दिवस पालिकातहमा विविध रचनात्मक कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । महिला संघका गाउँ÷नगर, क्षेत्रीय सभापतिहरुको समेत सहभागिता रहेको बैठकमा संघका संस्थापक अध्यक्ष मंगलादेवी सिंहको फोटो गाउँ÷नगर समितिलाई प्रदान गरिएको थियो ।

१५ वटै पालिकालाई अध्यक्ष मैनालीले सौजन्यस्वरुप प्रदान गर्नुभएको फोटो मैनाली र प्रमुख अतिथि पाण्डेले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here