ऐतिहासिक सम्पदाको संरक्षण गर्दै हतुवागढी

0
15
भोजपुर,
जिल्लाको हतुवागढी गाउँपालिकाले यहाँका विभिन्न संस्कार संस्कृति तथा ऐतिहासिक सम्पदाको संरक्षण थालेको छ । ऐतिहासिक सांस्कृतिक धरोहरको संरक्षण गर्दै भावी पुस्तासम्म पु¥याउने लक्ष्यले गाउँपालिकाले संरक्षणका कार्यक्रम सञ्चालन गरेको हो ।
गाउँपालिकाले ऐतिहासिक सम्पदाको संरक्षणमा काम गरेपछि स्थानीय उत्साहित बनेका छन् । पालिकाले थालेको यो कामले इतिहास र यहाँका संस्कृति, परम्परालाई भावी पुस्तासम्म हस्तान्तरण गर्न टेवा पुग्ने स्थानीय सञ्जय कुलुङले बताउनुभयो । इतिहाससँगै भाषा, संस्कार संस्कृतिलाई बचाई राख्न सहयोग पुग्ने उहाँको भनाइ छ ।
“ऐतिहासिक सम्पदा तथा संस्कार, सस्कृतिको संरक्षणमा पालिकाले गरिरहेको काम उदाहरणीय छ”, कुलुङले भन्नुभयो, “हाम्रा ऐतिहासिक सम्पदाको संरक्षण गरिएन भने भावी पुस्तासम्म पुग्न सक्दैनन् । कतिपय पुराना रीतिरिवाज, धर्म, संस्कार, संस्कृति रहनसहन लोप हुने अवस्थामा छन् । विभिन्न जातजाति, भाषाभाषीसँग जोडिएका सम्पदाको संरक्षणमा पालिकाले थालेको प्रयासमा हाम्रो साथ छ ।”
पालिकाका साथै देशविदेशमा रहेकाको सहयोगमा थुलुङ समुदायको संस्कृतिसंँग जोडिएको ‘सोरिनेम तोसिखोम’ ९पितृ घर० निर्माणले उत्साह थपिएको कुलुङले बताउनुभयो । परम्परागत रुपमा रहँदै आएका यस्ता संस्कृतिलाई जीवन्त राख्न संरक्षण तथा विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।
यहाँका ऐतिहासिक सम्पदासँगै संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योजनाबद्ध रुपमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो । यहाँका ऐतिहासिक क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।
“हतुवागढी गाउँपालिकामा धेरै ऐतिहासिक सम्पदाहरु छन्”, अध्यक्ष राईले भन्नुभयो, “यी सम्पदाहरुको संरक्षण, प्रवर्द्धन गरी पूर्वाधार विकासमा जोड दिएका छौँ । यी क्षेत्रको विकाससँगै पर्यटनसँग जोड्ने सोचका साथ काम गरिरहेका छौँ ।” विभिन्न देवस्थल तथा ऐतिहासिक संरचनाको संरक्षण, पुराना रितिरिवाजको खोजी, विभिन्न जातजातिको देवाली थान, समाधिस्थल निर्माणलगायत काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
विभिन्न आर्थिक वर्षमा बजेट विनियोजन गरेर संरक्षण तथा विकासको काम गर्दै आइएको गाउँपालिकाले जनाएको छ । संरक्षणको अभावमा धेरै भाषा, संस्कार संस्कृतिहरु लोप हुँदै गएको अवस्थालाई ध्यानमा राखेर संरक्षण गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताउनुभयो । उहाँका अनुसार ऐतिहासिक सम्पदा तथा जातजातीको धर्म संस्कार, संस्कृतिको संरक्षण गरेर नयाँ पुस्तासम्म पु¥याउने लक्ष्यका साथ काम भइरहेको छ ।
“हामीले ऐतिहासिक सम्पदाको संरक्षण गरेर नयाँ पुस्तासम्म पु¥याउन आवश्यक छ” प्रमुख प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो,“ यहाँका ऐतिहासिक क्षेत्रहरुको पहिचान गरेर संरक्षण, प्रवर्द्धन गर्नै आएका छौँ । यसलाई धार्मिक पर्यटनसँग जोड्न सके स्थानीयको आयस्तर वृद्धि हुनाका साथै रोजगारीका अवसर पनि सिर्जना हुने अपेक्षा लिएका छौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here