बिर्तामोडमा सार्वजनिक शौचालय निर्माण गर्न जग्गा पहिचान गरिने

0
24

बिर्तामोड,

बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न समिति गठन गरेको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (मंगलबार) बसेको कार्यपालिकाको बैठकले शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न एक जना अमिनसहित चार सदस्यीय जग्गा पहिचान समिति गठन गरेको हो ।

वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेको संयोजकत्वमा वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा र अमिन सन्देश दाहाल सदस्य रहनेगरि समिति गठन गरीएको हो।

आगामी भदौ मसान्तभित्रमा जग्गा पहिचान गरि प्रतिवेदन पेश गर्ने गरि समिति गठन गरीएको नगर प्रमुख प्रसाईले जानकारी दिनुभयो । बिर्तामोडमा अहिलेसम्म सार्वजनिक शौचालय नहुनु गम्भिर रहेको बताउँदै उहाँले अब प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

नगरका प्रवक्ता तथा समितिका संयोजक अग्निप्रसाद पाण्डेले सरकारी अथवा कुनैदाताको सहयोगमा जग्गा प्राप्तिका लागि कार्य अघि बढाइने बताउनु भयो । उहाँले कार्यपालिकाले दिएको समयभित्र काम सम्पन्न गर्नेगरी आजैदेखि अघि बढ्ने बताउनु भयो ।

नगरपालिकालाई सार्वजनिक शौचालय निर्माणको लागि संघिय सरकारबाट १ करोड रुपैयाँ बजेट प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here