लागूऔषधसहित सात जना पक्राउ

0
26

विराटनगर

झापा, मोरङ र सुनसरीबाट लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको झापा गाँउपालिका १ मा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले रोकी राखेको को ३२ प ८९७४ नम्बरको मोटरसाईकलसहित दमक–१२ का २६ बर्षीय मनिस थापा, २२ बर्षीय रिकाश बस्नेत र १९ बर्षीय रोमित कट्वाल समेतलाई शंका लगेर चेकजाँच गर्दा उनीहरुको साथबाट दुई ग्राम ६०० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको विराटनगर–१७ बाट बा ९८ प ४६ नम्बरको मोटरसाईकल चालक सुन्दरहरैचा नगरपालिका ३ का ३२ बर्षीय मनोज कटुवाल र मोटरसाईकलमा पछाडी सवार ३२ बर्षीय अम्बिर यक्सो लिम्बूलाई ३ ग्राम ५८ मिलिग्राम ब्राउन सगुर सहित इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

त्यस्तै इलाका प्रहरी कार्यालय चतरा सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका २ स्थितबाट बा ५६ प ६९३५ नम्बरको स्कुटर चालक भोजपुर हतुवागडी गाउँपालिका–९ घर भई हाल बराहक्षेत्रमा बस्दै आएका ३३ बर्षीय कृष्ण कुमार राईलाई ५३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने धरान उपमहानगरपालिका १५ की जोनु राईलाई ट्रामाडोल १२० क्याप्सुल र कोलिवान १४० ट्याब्लेट औषधीसहित इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here