झापाली समाज ओमानको ८ बुदे घोषणापत्र,अध्यक्षमा पवन शाक्य

0
80

झापा ।

अन्तराष्ट्रिय झापाली समाजको राष्ट्रिय समिति झापाली समाज ओमानले गत शुक्रबार २६ जुलाई २०२४ का दिन तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न गरेको छ ।

अधिवेशनले पवन शाक्यको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरेको छ । चुनाव समितिका संयोजक दिपक श्रेष्ठका अनुसार कुनैपनि पदमा दोहोरो उम्मेद्धवारी नपरेकोले सबै उम्मेद्धवारहरु निर्बिरोध चयन भएका छन ।

कार्यकाल २०२४–२०२६ का लागि उपाध्यक्षमा हरि घिमिरे र भुपाल चौहान चयन भएका छन । महासचिवमा नेत्र मैनाली, सचिवमा तेज राई र कोषाध्यक्ष तथा सहकोषाध्यक्षमा शेखर खतिवडा र शोभा देवि राई चयन भएका छन् ।

त्यस्तै युवा तथा खेलकुद संयोजकमा मदन कटुवाल र महिला संयोजकमा श्रृष्टि घिमिरे रहेका छन् । केन्द्रिय सदस्यहरुमा कुशल गौतम, मुना कार्की, बिनोद कार्की, सन्तबहादुर राई, सुमित ढकाल, कर्मा शेर्पा, डा. दिपेश न्यौपाने, श्याम भट्टराई र बुद्धि काफ्ले चयन भएका छन् ।

कार्यक्रममा स्वागत गर्दै तत्कालिन उपाध्यक्ष पवन शाक्यले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । पहिलो चरणको कार्यक्रम तत्कालिन अध्यक्षलाई सभापति चयन गरिएको थियो र दोश्रो चरणमा चुनाव समितिका संयोजक दिपक श्रेष्ठलाई सभापति चयन गरिएको थियो । कार्यक्रममा कार्यकाल २०२२–२०२४ को प्रगति विवरण निर्वतमान अध्यक्ष केशव थापाले प्रस्तुत गरी जानकारी गराएका थिए ।

विभिन्न सामाजिक कार्यहरुलाई समेटेर झापाली समाज ओमानले ८ बुदे घोषणापत्र जारी गरेको छ । जसमा दुतावाससँग सहकार्य गरी पर्यटन प्रवद्र्धन लगायत नेपालीको हितका लागि गरिने कार्यमा हातेमालो गर्ने सामाजिक कार्यका लागि गैरआवासीय नेपाली सोसल क्लव र अन्य संघसंस्थाहरु संग हातेमाले गर्ने, अन्तर्राष्ट्रिय झापाली समाजले स्थापना गरेको अक्षय कोषमा एक लाख रुपैंया सहयोग गर्ने, चाडपर्व मनाउने, खेलकुदहरु आयोजना गर्ने, श्रम स्विकृति नविकरण गर्न, राहदानी नविकरण गर्न र सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि साप्ताहिक रुपमा सेवा दिने, झापा जिल्लाका लागि बिभिन्न कार्य गर्ने र वैदेशिक रोजगारीमा नितिगत सुधारका विषयहरुलाई पहल गर्ने जस्ता महत्वपूर्ण बिषयहरुलाई समेटेको छ ।

रोजना होटल अलखुयरमा आयोजित राष्ट्रिय अधिवेशनको प्रमुख अतिथिमा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गना रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा नेपाली राजदुतावास मस्कटका श्रम सहचारी गोबिन्द आचार्य, माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा एनआरएनए आईसिसिका भुतपूर्व उपाध्यक्ष डिबि क्षेत्री, विषेश अतिथि अन्तर्राष्ट्रिय झापाली समाजका महासचिव नविन पोखरेल, मध्यपूर्व सह–संयोजक भवानी कोइराला र गैरआवासीय नेपाली सोसल क्लव ओमानका उपाध्यक्ष रवीन शिल्पकार रहेका थिए र ओमानमा रहेका नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिका रुपमा आमन्त्रण गरिएको थियो ।

कार्यक्रममा विभिन्न वक्ताहरुले नवनियुत्त कार्यसमितिलाई शुभकामना दिएका थिए । प्रमुख अतिथिले झापाली समाज ओमानले गत कार्यकालमा गरेको कार्यहरुको प्रशंसा गर्दै अर्न्तराष्ट्रिय झापाली समाजको आगामी योजनाहरुका बारेमा जानकारी दिए। जसमा झापालीहरुले विदेशमा गरेको संघर्षहरुको अभिलेख सहित किताव प्रकाशन गर्न लागेको, झापामा एम्वुलेन्स, सव वाहन सहयोगको तयारी गर्दै गरेको र विधार्थीहरुलाई छात्रबृतिमा सहयोग गर्नका लागि अक्षय कोषको स्थापना गर्न लागेको जानकारी दिए।

त्यस्तै नेपाली राजदुतावास मस्कट ओमानका श्रम सहचारीले मन्तव्यमा बोल्दै दुतावास अनवरत रुपमा नेपालीहरुको सेवामा खटिईरहेको तथा सहजताको लागि सम्पूर्ण कार्यहरु अनलाईन मार्फत नै गर्न मिल्ने गरी अनलाईन प्रणालीको विकाश गर्दै गरेको जानकारी दिए । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा विशिष्ट अतिथि डिबि क्षेत्रीले सामाजिक कार्यका साथसाथै सामाजिक सुरक्षा कोष लगायतका विषयहरुलाई घोषणापत्रमा समावेश गरेकोमा खुशी व्यत्त गरे ।

त्यस्तै अन्तराष्ट्रिय झापाली समाजका महासचिव नबीन पोखरेलले अन्तराष्ट्रिय झापाली समाजले सञ्चालन गरेका विभिन्न कार्यहरुमा सहकार्यको लागि आव्हान गर्दै खाडी मुलुकमा रहेका श्रमिकहरुको लागि आवश्यकता अनुसार सहयोगको लागि सबैले अन्तराष्ट्रिय झापाली समाजलाई सल्लाह र सुझाव दिए । संसार भर छरिएर रहेका झापालीहरुको छाता सगठन अन्तराष्ट्रिय झापाली समाजको विश्वभर ३५ भन्दा बढि राष्ट्रिय समिति रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here