नेजपाको जिम्मेवारी हेरफेर

0
18

बिर्तामोड ।

तीन वटा साना दलहरु एकीकरणपछि नेपाल जनमुक्ति पार्टी घोषणासँगै जिम्मेवारी हेरफेर भएको छ ।

राष्ट्रिय जनमुक्त पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समिति (लोसपा) बीच ६ बुँदे सहमतिपछि पार्टीको नाम नेपाल जनमुक्ति पार्टी भएको हो ।

पार्टीको प्रदेश कमिटी किरात लिम्बुवान, खम्बुवान प्रदेश परिषदको आयोजनामा बुधवार बिर्तामोडमा तीन साना दलबीच एकीकरणपछि नेपाल जनमुक्ति पार्टी र उक्त पार्टीको नेतृत्व सार्वजनिक गरिएको छ ।

एकीकरणसँगै पार्टी नेतृत्व ६९ सदस्य रहेको छ । जसमा केन्द्रिय अध्यक्षमा बरिष्ठ नेता केपी पालुङ्वा, कार्यकारी अध्यक्षमा केशव सूर्यवंशी, उपाध्यक्षमा भक्त खेवाङ, संरक्षकमा एमएस थापा, संथापक सदस्य रामवहादुर तुम्बाहाङफे, वरिष्ठ नेता डिके बुदिस्ट, पार्टी नेता सन्जुहाङ पालुङ्वा, उपमहासचिमा लासिम पालुङ्वा, सचिवमा एलबी पालुङ्वा रहेका छन् ।

त्ययसैगरी राजकुमार नाल्वो, भीम खत्री, दिनेस माबो, साधना फागो, इन्दिरा धौराली, मकल सांँवा, उमा मगर, आशा लिम्बू, सुकमाया लिम्बू रहेका छन् भने तत्कालीन राष्ट्रिय जनमुक्ति पार्टीका सबै पदाधिकारी र सदस्यहरुको जिम्मेवारी यथावत रहेको छ पार्टीले जनाएको छ ।

बहुजाजीय लोकतान्त्रिक समाजवाद र संघीय गणतान्त्रिक वहुलराष्ट्रिय राज्य नेपाल स्थापना गर्न बहुलराष्ट्रिय विद्रोह मार्फत् जातीय÷राष्ट्रियमुक्ति क्रान्ति सम्पन्न गर्न सहमत भएर मिति २०७९ फागुन २७ गते राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, र लिम्बुवान राष्ट्रिय समिति (लोसपा) वीच ६ बुँदे र २०८० मंसिर १९ गते ३ बुँदे सहमति भएर पार्टी एकता घोषणा भएको अध्यक्ष केपी पालुङ्वाले बताए ।

उनका अनुसार उक्त सहमतिलाई मिति २०८१ बैशाख २९ र ३० गते सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको विधान महाधिवेशनले अनुमोदन गर्दै २०८१ जेठ २९ गते निर्वाचन आयोगबाट अध्यावधि भएपछि पार्टीको नाम संशोधन भई नेपाल जनमुक्ति पार्टी भएको छ । आगामी पार्टीको सम्पूर्ण गतिविधिहरु नेपाल जनमुक्ति पार्टी नामबाट हुनेसमेत उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here