मातृत्वको सजीव उदाहरण र सामाजिक उत्तरदायित्व

0
46

विश्व स्तनपान सप्ताह हरेक वर्ष अगस्ट १ देखि अगस्ट ७ सम्म मनाइन्छ । यो सप्ताहले विश्वभरिका आमाहरूलाई स्तनपानको महत्व र फाइदाहरूको बारेमा जनचेतना फैलाउने उद्देश्य राख्दछ । स्तनपान शिशुको स्वास्थ्य विकास र आमाको स्वास्थ्यको लागि अत्यन्तै आवश्यक छ । स्तनपानले बालबालिका, आमा र समाजमा सकारात्मक प्रभाव पार्दछ ।

स्तनपानको पोषण सम्बन्धी महत्व

स्तनपानले नवजात शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पोषण प्रदान गर्दछ । आमाको दूधमा पाइने प्रतिरोधात्मक तत्वहरूले शिशुलाई रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ । यसले शिशुलाई झाडापखाला, निमोनिया, मधुमेह, मोटोपन र अन्य कयौं रोगहरूबाट बचाउँछ । आमाको दूधमा रहेको पोषणतत्वको सन्तुलन शिशुको शारीरिक र मानसिक विकासका लागि अत्यन्तै महत्वपूर्ण छ ।

आमाको स्वास्थ्य र मानसिक स्थितिमा प्रभाव

स्तनपानले आमाको स्वास्थ्यलाई पनि फाइदा पु¥याउँछ । यो प्रक्रिया आमाको गर्भाशयलाई छिटो सङ्कोचन गराउँछ । जसले रगत बग्ने सम्भावनालाई कम गर्छ । स्तनपानले आमाको स्तन क्यान्सर, अण्डाशयको क्यान्सर र टाइप २ मधुमेहको सम्भावनालाई पनि कम गर्दछ । यसका अतिरिक्त, स्तनपान गर्दा आमा र शिशुबीचको सम्बन्ध गाढा र भावनात्मकरूपमा बलियो बन्दछ । आमा र शिशुबीचको यो सम्बन्ध शिशुको भावनात्मक विकासका लागि अत्यन्तै महत्वपूर्ण छ ।

स्तनपान सम्बन्धी भ्रम र वास्तविकता

स्तनपानको बारेमा धेरै भ्रमहरू प्रचलित छन् । धेरैजसोले सोच्दछन्– कि स्तनपान गर्दा आमाको स्तनको आकार बिग्रन्छ, तर यो सत्य होइन । अर्को भ्रम भनेको स्तनपान गराउने आमाहरूलाई मात्र विशेष खाना खानुपर्छ भन्ने हो । यथार्थमा, सन्तुलित आहार नै पर्याप्त छ । अझै पनि केही समाजमा स्तनपानलाई हिनभावले हेर्ने प्रवृत्ति छ, जसलाई बदल्नु अत्यन्तै आवश्यक छ ।

स्तनपानलाई प्रोत्साहन र सामाजिक समर्थन

स्तनपानलाई प्रोत्साहित गर्न समुदाय, परिवार र स्वास्थ्य सेवा प्रदायकहरू सबैको सहयोग आवश्यक छ । स्वास्थ्य सेवा केन्द्रहरूले स्तनपान सम्बन्धी उचित जानकारी र सहयोग प्रदान गर्नुपर्छ । परिवारका सदस्यहरूले आमालाई मनोबल दिनुपर्छ र घरेलु काममा सहयोग गर्नुपर्छ । ताकि आमाहरूले स्तनपान गराउन समय र ऊर्जा पाउन् । सरकारी र गैरसरकारी संस्थाहरूले स्तनपान सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ र आमाहरूलाई सहयोग गर्नुपर्छ ।

कार्यक्षेत्रमा स्तनपानको महत्व

कार्यरत महिलाहरूका लागि स्तनपानको व्यवस्था पनि निकै महत्वपूर्ण छ । कार्यालय र कार्यस्थलमा स्तनपानको लागि अनुकूल वातावरण बनाउनु पर्दछ । महिलाहरूलाई स्तनपान गर्न समय र स्थान उपलब्ध गराउनुपर्छ, ताकि उनीहरू आफ्नो कामको जिम्मेवारी पूरा गर्र्नुका साथसाथै आफ्नो बच्चालाई स्तनपान पनि गराउन सकून् ।

स्तनपान र सामाजिक–आर्थिक प्रभाव

स्तनपानले सामाजिक र आर्थिक लाभहरू पनि दिन्छ । कृत्रिम दूधको प्रयोग कम हुँदा परिवारको आर्थिक बचत हुन्छ । साथै स्वस्थ बालबालिका भएका समाजले स्वास्थ्य सेवा खर्चमा कमी ल्याउन सक्छ र जनशक्तिको उत्पादनशीलता बढाउन सक्छ ।

निष्कर्ष

स्तनपानले शिशु र आमाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । यसलाई प्रोत्साहित गर्न र जनचेतना फैलाउन विश्व स्तनपान सप्ताहले महत्वपूर्ण भूमिका खेल्छ । सप्ताहको अवसरमा सबैले स्तनपानको महत्वलाई बुझेर यसलाई प्रोत्साहन गर्न सक्दछन् । स्तनपानको समर्थन र प्रवद्र्धन गरौं, स्वस्थ समाज निर्माण गरौं ।

स्तनपान हाम्रा बालबालिकाको भविष्यको लागि एक लगानी हो । जसले समाजको समग्र विकासमा महत्वपूर्ण योगदान दिन्छ । हरेक आमाबाबुले यस महत्वलाई बुझ्नुपर्छ र स्तनपानको लागि आवश्यक समर्थन प्रदान गर्नुपर्छ । त्यसैले, विश्व स्तनपान सप्ताहको अवसरमा हामी सबैले मिलेर स्तनपानलाई प्रोत्साहित गर्ने प्रण गरौं र स्वस्थ, सजीव र समृद्ध समाजको निर्माणमा सहयोग पु¥याऔं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here