कांग्रेस झापाले क्रियाशील सदस्यता नवीकरण जारी राख्ने

0
20

विर्तामोड।

झापाका १३१ वटै वडामा क्रियाशील सदस्यता नवीकरण जारी राखेको नेपाली कांग्रेस झापाले १५ दिन म्याद थप गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेको सभापतित्वमा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले क्रियाशील सदस्यता नवीकरणका लागि १५ दिन समयावधि थप गर्ने निर्णय गरेको हो ।

झापाका १५ वटै पालिकाका सबै वडामा गत असार १५ गते क्रियाशील सदस्यता फारम क्षेत्रीय समितिमार्फत पठाइएको थियो । नेपाली कांग्रेस झापाले यसअघि साउन २० गतेभित्रमा वडामा क्रियाशील सदस्यता नवीकरण गरिसक्ने निर्णयसहित फारम पठाएपनि बर्षात्का कारण कतिपय वडामा नवीकरणमा समस्या देखिएपछि समयावधि थप गरिएको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।

जिल्ला समितिको बैठकले भदौ ५ गतेभित्रमा वडा समितिले क्रियाशील सदस्यता नवीकरण गरिसकेर गाउँ÷नगरमा पठाउन आग्रह गरेको छ । यसैगरी गाउँनगरले भदौ १५ गतेभित्रमा प्रदेशसभा क्षेत्रीय समितिमा, प्रदेशसभा क्षेत्रीय समितिले भदौ २० गतेसम्म क्षेत्रीय समितिमा र भदौ २५ गतेभित्र क्षेत्रीय समितिले जिल्ला समितिमा बुझाइसक्न समयसीमा तोकेको छ ।

यसैगरी बैठकले यसअघि जिल्ला प्रतिनिधिका रुपमा वडामा खटिएका जिल्ला सदस्यहरुलाई क्रियाशील नवीकरणमा सहजीकरण गर्न आग्रह गर्दै सक्रियतापूर्वक लाग्न र वडाको प्रगति विवरण जिल्ला समितिमा पेश गर्न अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here