विराटनगर महानगरपालिकाद्वारा तातो हावा प्रतिकार्य योजनाको पहिलो प्रारुप तयार

0
15

विराटनगर,

मोरङको विराटनगर महानगरपालिकाले तातो हावा प्रतिकार्य योजनाको पहिलो प्रारुप तयार गरेको छ ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तराष्ट्रिय महासंघ, क्लाइमेट सेन्टर तथा फिनिस रेडक्रस र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा उक्त योजना तयार भएको हो ।

बुधबार मोरङ्ग जिल्लाको विराटनगरमा आयोजित कार्यक्रममा उक्त प्रारुपलाई नेपाल रेडक्रस सोसाइटीको तर्फबाट केन्द्रिय सदस्य एवम् विपद् तथा संकट व्यवस्थापन समितिका संयोजक बिनोद कुमार बस्नेत तथा मोरङ्ग जिल्ला शाखा सभापति सुवोध सिंहले विराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश कोइरालालाई हस्तान्तरण गर्नुभएको छ ।

उक्त कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश कोइरालाले मानवीय क्रियाकलापकै कारण विश्वभर तापक्रम बढेको कुरा आत्मसात गर्दै अब यसबाट पर्ने प्रभावलाई न्यूनीकरणका लागि हामी सबैले आफ्नो- क्षेत्रबाट काम गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, नेपाल रेडक्रसका केन्द्रीय सदस्य विनोद कुमार बस्नेतले तातो हावाको पहिलो प्रभावित भनेको आर्थिक स्तर कमजोर भएका र बाटोमा रिक्सा, ठेलागाडा चलाउने, मकै पोलेर जिविकोपार्जन गर्ने लगायतका समुदाय भएकाले उनीहरुलाई ध्यान दिएर योजनाहरु बनाइएको बताउनुभयो । उहाँले देशका अन्य शहरहरुमा पनि यस्तो योजना बनाउन सहयोग गर्न रेडक्रस तयार रहेको बताउनुभयो ।

उक्त मस्यौदालाई अझै परिस्कृत गरी लागु गर्ने महानगरपालिकाले जनाएको छ । त्यसका लागि सरोकार निकायको पृष्ठपोषण लिने कार्य पनि सोही कार्यक्रममार्फत सुरु गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here