एसईई पुरक परीक्षाको केन्द्र माईमा हुने

0
130

विमल दहाल, इलाम।

एस.ई.ई. पूरक परीक्षा केन्द्र माईमा हुने भएको छ। २०८१ श्रावण २३ गते बाट सुरु हुने एस.ई.ई. पूर(ग्रेड वृद्धि) परीक्षाको केन्द्र कन्काई मावि दानाबारीमा निर्धारण गरिएको छ।

श्रावण १६ गते जिल्ला परीक्षा समन्वय समिति इलामको बैठक निर्णय अनुसार माई नगरपालिका भित्रका १२ वटा माध्यमिक विद्यालयका ३२६ जना विद्यार्थीले सो परीक्षामा सामेल हुनेछन्। शिक्षा विकास तथा समन्वय इकाई इलामका अनुसार कन्काई मावि दानाबारीका ७३ जना, जनता मावि चिसापानीका २८ जना, लक्ष्मी आदर्श मावि विष्णेटारका ४५ जना, युवा वर्ष मावि सधुवाका २६ जना, भगवती मावि गोतामेटारका ३२ जना, सरस्वती मावि मुसेखोलाका २५ जना, कृष्ण मावि थाक्लेका २२ जना, हरियाली रेशम शैक्षिक गुठी माईका २ जना, नेपाल एकेडेमी बोर्डिङ स्कुल माई-४ का १० जना, वीरेन्द्र मावि कपरसुक्काका ३० जना, हिमालय मावि लुम्बकका २२ जना र शिशुसेवा मावि चेप्टिका ११ जना रहेका छन।

अभिभावक, शिक्षक, बिध्यार्थी लगायतले परिक्षा केन्द्र माईमानै बनाउन पहल गरिदिन अनुरोध गरे संगै माई नगरपालिका मेयर खम्बा सिं लिम्बुको पहलमा परीक्षा केन्द्र कन्काई मावि माईमा सञ्चालन हुने निश्चित भएको वताईएको छ। परिक्षा केन्द्र माइमै हुने भएपछि परीक्षार्थी र उनका अभिभावक हर्षित भएका छन्।

यसअघि श्रावण ६ गते शिक्षा विकास तथा समन्वय इकाई इलामले सूचना प्रकाशित गरी माई नगरपालिका भरिका सबै विद्यालय हरूको परीक्षा केन्द्र आदर्श मावि इलाम क केन्द्र निर्धारण गरेको थियो। माईमा परीक्षा केन्द्र भएसँगै ३२६ जना विद्यार्थीहरुलाई आर्थिक, भौगोलिक र बसोबासका लागि सहज भएको विद्यार्थीहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here