मोरङ,
मोरङको सुन्दरहरैंचा २ मा श्रीमाध्यमिक विद्यालय मृगौलियामा लागूपदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी आयोजित यस कार्यक्रममा लागूपदार्थको प्रयोगले मानिसमा पर्ने असर, कानुनी अपराध र यसको सजायका बारेमा जानकारी दिइएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्ता कार्यक्रमले सकारात्मक ऊर्जा दिने र लागुपदार्थको कुलतबाट बच्न सहयोग पुग्ने बताउँदै इलाका प्रहरी कार्यालय हरैंचाका प्रहरी नायब निरीक्षक अशोक कार्कीले भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्न आग्रह गरेका थिए।
प्रहरी नायब निरीक्षक कार्कीले कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई लागूऔषधका असर, प्रकार बारे जानकारी गराउनुको साथै बालबालिकालाई लागूऔषध दुव्र्यसनीसम्बन्धी जानकारी, त्यसको असर र बच्ने उपायका बारेमा प्रष्ट पारेका थिए।
उनले युवाहरु लागुऔषधमा फसिरहेको बताउँदै लागूऔषधमा फस्नै नदिने गरी लाग्नुपर्नेमा जोड दिए । उनले घरैबाट सबैले लागूऔषध दुर्व्यसनी न्यूनीकरण गर्न आवश्यक रहेको समेत बताए । विद्यालयका सहायक प्रधानाध्यापक तोयानाथ रेग्मीले यो कार्यक्रम अत्यन्त आवश्यक र उपयोगी रहेको बताउँदै यसले विद्यार्थीहरूमा चेतना जगाएको बताएका थिए।
कार्यक्रमको आयोजना जनचर्चा टाइम्स र पूर्वी अनलाइनको संयुक्त प्रयासमा गरिएको थियो। जनचर्चा टाइम्सका सञ्चालक लिलानाथ गच्छदारले समाजमा युवाहरू लागुपदार्थको दुर्व्यसनमा फस्ने गरेको चिन्ता व्यक्त गर्दै, यसको रोकथामका लागि विद्यालयस्तरमा जनचेतना फैलाउन र नियन्त्रण गर्न सहज हुने भएकाले यस्ता कार्यक्रमहरू आयोजना गरिएको बताएका थिए।