भेडेटार बिर्साउने हसिना सिमसार

0
165

योगेन्द्र योगी
मोरङ,

मोरङको सुन्दरहरैंचा–५ मा रहेको हसिना सिमसारमा धनकुटाको भेडेटार बिर्साउने हावा पानी रहेको छ । पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा जैविक विविधताको भरिपूर्ण रहेको सिमसार भित्रको हावा पानीले भेडेटारको झल्को दिने गरी सितलता प्रधान गर्ने गरेको नमुना सामुदायिक वन उपभोक्ता समिति तथा हसिना सिमसारका अध्यक्ष घनश्याम न्यौपानेले बताएका छ।

तराईमा गर्मी बढेपछि चिसो हावा खान धेरै जना भेडेटार जाने गरेको भन्दै अध्यक्ष न्यौपानेले भेडेटारको स्वाद हसिना सिमसारमै पाइने सबै पर्यटकहरुलाई एक पटक आउन अनुरोध गरेका छन्। पछिल्लो समय हसिना सिमसार सरसफाई देखि लिएर विभिन्न फलफूलको बिरुवा रोप्ने काम भइरहेको अध्यक्ष न्यौपानेले बताए।

‘अहिले हामीले सिमसार भित्र संरचना निर्माणको कार्य धमाधम भइरहेको छ,उनले राजधानीसँग भने,’ अब चांडै बोटिंङ्ग पनि संचालन गर्छौ यी सबै काम सकिएपछि बार्षिक रुपमा पचास हजार पर्यटक भित्र्याउने हाम्रो लक्ष्य हो।’ अहिले पनि दैनिक रुपमा पचास-साठी जना पर्यटक आउने गरेको उनले बताए।

विभिन्न प्रकारका वनस्पति र जंगली जीवजन्तुहरू पाइने हुनाले जैविक विविधताको अध्ययन गर्न चाहनेहरूका लागि यो स्थल एउटा पुस्तकालयका रूपमा रहेओ बताउदै उनले केहि महिना अघि सुन्दरहरैचाका नगर प्रमुख केदार प्रसाद गुरागाईले विज्ञ टोली लिएर सिमसारको अवलोकन भ्रमण गरेको उनले बताए।

सिमसार प्रवेश गर्ने बित्तकै ठूलो आकारको पृथीबीको चित्र रहेको छ भने त्यसपछि भित्र हात्ती,बाघ,मोटो पत्त्लो, चिङपाजी, पोखरीमा नाग, गोही लगायतको चित्र बनाइएको छ । यहाँ मृगस्थली, नागपोखरी, स्वम्भूडाँडा, पश्चिम पोखरी, नयाँ पोखरी, जुरासिक पार्क, बोटिङ, खेल मैदान, बूढासुब्बा मन्दिर, साकेला थान, बुद्धविहार, शिवालय र बुद्धपोखरी निर्माण गरिएको छ।

यस क्षेत्रमा बँदेल, मृग, दुम्सी, खरायो, वनकुखुरा, सिमकुखुरा, बाँदरलगायत विभिन्न जातका वन्यजन्तु तथा पशुपंक्षीहरू पाइन्छन् । सिमसार क्षेत्र लगभग ३२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सिमसार हाइवे बाँसबारी चोक देखि करिब ५ किलोमिटर उत्तरमा पर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here