नेपाल नेत्र सहायक परिवार कोशीको अध्यक्षमा बोहोरा

0
158

झापा । नेपाल नेत्र सहायक परिवार कोशीको अध्यक्षमा युवराज बोहोरा चयन भएका छन् । झापाको बिर्तामोडमा सम्पन्न प्रदेश स्तरीय नेपाल नेत्र सहायक परिवारको अधिवेशनबाट बोहोरा अध्यक्षमा चयन भएका हुन् ।

उनी नेपाल स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ नेपालका समेत प्रदेश अध्यक्ष हुन् । उनी बिर्तामोडस्थित मेची आँखा अस्पतालमा स्वास्थ्य शिक्षा अधिकृतका रुपमा कार्यरत छन् ।
समितिको उपाध्यक्षमा सञ्जु अर्याल (बिर्तामोड आँखा अस्पताल ) सचिवमा अञ्जनीकुमार सिंह ( बिराटनगर आँखा अस्पताल ),सह सचिवमा होमप्रसाद धिताल ( मेची आँखा अस्पताल ),कोषाध्यक्षमा निरज दाहाल ( मेची आँखा अस्पताल ) , सह कोषाध्यक्षमा ज्योत्सना महत्तो (बिराटनगर आँखा अस्पताल) रहेका छन् ।


सदस्यहरुमा दपर्ण सिग्देल (दानावारी आँखा अस्पताल), करिष्मा नेम्वाङ्ग (दृष्टि आँखा अस्पताल)प्रज्जवल भट्टराई (काँकरभिट्टा आँखा अस्पताल)पुष्कर झा (फिक्कल आँखा अस्पतालं), ओमेश्वर साह (रामलाल गोल्छा आँखा अस्पताल), सुरेश झा (बिराटनगर आँखा अस्पताल) र सविना अर्याल ( बिराटनगर आँखा अस्पताल ) रहेका छन् ।
उनीहरुलाई निर्वाचन समिति संयोजक निलम पौडेल, सदस्यद्वय तुलसी दाहाल र भरत सापकोटाले पद तथा गोपनियताको सपथ गराएका थिए ।
कोशी प्रदेशका २१ वटा आँखा अस्पतालका १ सय ५० जना भन्दा धेरै नेत्र सहायकहरु कार्यक्रममा सहभागी थिए ।
नेत्र सहायक परिवारका केन्द्रीय अध्यक्ष रमेश घिमिरेको प्रमुख आतिथ्य तथा आयोजक समिति संयोजक तुलसीप्रसाद दाहाल (विनोद)को अध्यक्षतामा कार्यक्रम भएको थियो ।
बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत ठूमनलाल राजवंशीले स्वागत गरेको कार्यक्रममा मेची आँखा अस्पतालकी नेत्र अधिकृत कविता कार्की कडरियाले औचित्यमाथि प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा डा.शेषकान्त अर्याल, डा. पुरुषोत्म जोशी,डा.राजेश प्रधान,विमल पौडेल, रमेश घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here