झापामा लागू औषधसहित तीन जना पक्राउ

0
152

झापा,

झापामा लागू औषधसहित तीन जना पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका- १० बस्ने २९ वर्षीय राजीव साह र सोही ठाउँ बस्ने २८ वर्षीय महमद अजिमलाई मेचीनगर-६ स्थित पुरानो मेची पुलबाट ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ मे १० प १३३८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका चालक साह र पछाडि सवार अजिमलाई शङ्का लागेर चेकजाँच गर्दा उनीहरूले लुकाइछिपाई ल्याउँदै गरेको प्लास्टिकसहित ५ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

त्यस्तै लागू औषधसहित एक भुटानी शरणार्थी महिला पक्राउ परेकी छन् ।शुक्रबार साँझ ७ः३० बजे दमक नगरपालिका- ३ बेलडाँगी शिविर बस्ने २३ वर्षीया प्रमीला गुरुङ ब्राउन सुगरसहित पक्राउ परेकी हुन् ।

उनले अवैध रुपमा लागू औषध बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी बाघ खोरबाट टोली खटिएर चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here