पथरीमा लापसे नियन्त्रण गर्न प्रहरी सक्रिय

0
9

छविराज ढकाल,
पथरी शनिश्चरे ।

मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा लागूऔषध प्रयोगकर्ताहरु बढ्दै गएपछि इलाका प्रहरी कार्यालय पथरीले हाल नियन्त्रणको अभियानलाई तिव्रता दिएको छ।

लागूऔषध प्रयोग गरेर सवारी चलाउने र सार्बजानिक ठाउँमा होहल्ला गर्दै हिडनेलाई नियंन्त्रणमा लिई किटको माध्यमबाट किटको माध्यमबाट चेकिङ अभियानलाई तिब्र गतिमा अगाडि बढाएको हो।

प्रहरीले एक हप्तासम्ममा ५० बढी शंकास्पद रूपमा भेटिएकाहरूलाई नियन्त्रणमा लिएर चेकिङ गर्दा गाँजा तथा लागूपदार्थजन्य औषधीहरु प्रयोग गरेको भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक ब्रम्हदेव शाहले जनाएको छ ।

बजार तथा बस्तीहरुमा चोरीको घटना अत्याधिक बढेपछि इप्रका पथरीले पथरी नगर अस्पतालसँगको समन्वय गरी किटजन्य प्रविधि मार्फत चेकिङ अभियान शुरु गरेको छ।

प्रयोगकर्ताले कस्तो लागूऔषध प्रयोग गरेको हो, त्यो पत्ता लगाउन पिसाव टेष्ट गरी पत्ता लागाउन सकिने प्रविधीलाई अवलम्बन गरेको र चेकिङ अभियान सहज भएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहन विक्रम दाहालले जानकारी दिए ।

साथै, चेकिङको क्रममा लागूऔषध प्रयोग गरेको पोजेटिभ प्रमाणित भएकाहरुलाई अभिभावकको समन्वयमा सुधारगृह पठाउने काम पनि भइरहेको डिएसपी दाहालले जानकारी दिए। लागूऔषध प्रयोग गरेर होहल्ला, झै–झगडा र चोरी जस्ता गतिविधिहरू गरेको पाइएमा आवश्यक कार्वाही चलाउने समेत तयारी गरिरहेको डिएसपी दाहालको बताए ।

परिवारका कोहि सदस्यहरु शंकास्पद रुपमा भेटिएमा उनीहरुलाई अभिभावक स्वयंमले नै पनि पथरी नगरअस्पतालसंग समन्वय गरेर चेकिङ गर्न सकिने व्यवस्था गरिएको पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले बताए ।

नगरपालिका क्षेत्रमा लागूऔषध प्रयोगकर्ताहरु अत्याधिक बढेको जनगुनासो बढी आएकाले चेकिङ र कारबाही अभियानलाई तिव्रता दिन पथरी शनिश्चरे नगरकी उपप्रमुख देवीमाया काफ्लेले आग्रह गरिन् । उनले प्रहरीलाई साथ र सहयोग गर्न आमजनप्रतिनिधी तथा नगरवासी सबैलाई अनुरोध गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here