स्कुल बसको ठक्करबाट रंगेलीमा साईकल यात्रीको मृत्यु

0
20

मोरङ,

मोरङको रंगेली नगरपालिका-२ स्थितमा स्कुल बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका-३ का ६० बर्षीय जगरनाथ ठाकुर रहेका छन् ।

आइतबार बिहान पौने १० बजे बिराटनगरबाट आमबारीतर्फ आँउदै गरेको को.१ क १७०० नम्बरको अरनिको आवासीय माध्यमिक बिद्यालयको बसले सोही दिशाबाट आँउदै गरेका साईकल यात्री ठाकुरलाई ठक्कर दिई घाईते बनाएको थियो ।

घाईते भएका ठाकुरको उपचारको क्रममा रंगेली अस्पताल रंगेलीमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता,डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न बस र चालक कन्काई नगरपालिका-१ झापाका ५७ बर्षीय ईन्द्र प्रसाद मिश्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता,डीएसपी बस्नेतले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here