नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन झापाको अध्यक्षमा अर्जुन

0
23

झापा ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन झापाको प्रथम जिल्ला अधिवेशन बिर्तामोडमा सम्पन्न भएको छ ।

अधिवेशनबाट अर्जुन कार्कीको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको छ । समितिको महिला उपाध्यक्षमा अम्बिकादेबी खरेल, उपाध्यक्षमा बाबुराम घिमिरे, सचिवमा राजु गौतम, कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा गोपाल सिटौला, न्युटन कार्की, रबिन भट्टराई, रबिन गन्दर्भ, राजेन्द्र दंगाल, युसन राई, रुपेश राजवंशी, कल्पना मिश्र, अम्बिका मैनाली प्रसाई, अपेक्षा कार्की, अन्जना शिवाकोटी र लालबहादुर चाहार चयन भएको निर्वाचन समिति संयोजक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

कोशी प्रदेशका खानेपानी मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य तथा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन कोशी प्रदेश उपाध्यक्ष इन्दिरा श्रेष्ठको संयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि कार्की, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी महासंघका केन्द्रिय सदस्य डिल्लीराम शर्मा, कोशी प्रदेश अध्यक्ष फणिन्द्र अधिकारी, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, मेचीनगर नगरपालिका उप प्रमुख मिना उप्रेती लगायले शुभकामना मनतब्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here