‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन प्रक्रिया अघि बढेको छ’

0
25
काठमाडौँ, 
 महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनको प्रक्रिया अघि बढेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै मन्त्री सुडीले ऐनको मस्यौदा स्वीकृतिका लागि चाँडै मन्त्रिपरिषद्मा लैजाने बताउनुभयोे ।
अहिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ संशोधनका लागि मस्यौदा तयार भएको र रायका लागि अर्थ मन्त्रालय पठाइएको उहाँले बताउनुभयो । अर्थ मन्त्रालयको स्वीकृतिपछि त्यसलाई मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइने उहाँको भनाइ छ ।
त्यस्तै, नेपाल बाल सङ्गठनको विधान निर्माणको प्रक्रिया अघि बढेको मन्त्री सुडीले बताउनुभयो । मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका लागि निरोध एवम् रोकथाम, उद्धार तथा संरक्षण, कानुनी कारबाही, क्षमता अभिवृद्धि अनुगमन र मूल्याङ्कनको काम भइरहेको उहाँको भनाइ छ ।
त्यस्तै, विभिन्न निकायसँग समन्वय सहकार्य गरी मानव बेचबिखन रोकथामका लागि भइरहेको मन्त्री सुडीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here