बैंक विवादमा पर्नु हुँदैन

0
18

बैंक त्यस्तो वित्तीय संस्था हो, जहाँ जनताको थोरै–थोरै बचत जम्मा गरिन्छ र जनतालाई आवश्यक पर्दा ऋण दिइन्छ । आफ्नो धन सुरक्षित हुने र उचित ब्याज पाइने र आवश्यक परेका समय झिक्न पनि सकिने भएकाले बैंकप्रति आमजनताको विश्वास बढेको हो । मूलतः बैंक मुद्राको कारोबार गर्ने, लेनदेन गर्ने देशको कानून बमोजिम सङ्गठीत संस्था हो । समाजमा मानिसलाई आवश्यक पर्दा गाउँ–समाजका साहुमहाजनबाट चर्को ब्याजमा ऋण लिनुपर्ने बाध्यताको अन्त्य गर्दै उद्यमको व्यवस्थापन गर्नुका साथै बचत गर्ने बानीको विकास गर्दै समाजको विकास गर्नु नै बैंकहरुको उद्देश्य हो ।

यिनै आवश्यकता, उद्देश्य तथा योजनाका साथ नेपालमा बैंकको स्थापना गरिएको हो । खासगरी सर्वसाधारणको हितको सम्बद्र्धन गर्न स्थापित बैंकहरुलाई नियन्त्रण, निर्देशन र नियमन गर्न केन्द्रीय बैंकको व्यवस्था गरिएको हुन्छ, जसले देशमा खुलेका बैंकहरुलाई निर्दिष्ट लक्ष्यप्रति जिम्मेवार बनाउँछ । तर, कहिलेकाहीँ वाणिज्य बैंकहरुका सम्बन्धमा विवाद र उनीहरुको कामको आलोचना पनि भइरहन्छ । पछिल्लो पटक झापाको बिर्तामोडस्थित प्रभु बैंक शाखा कार्यालय यस्तै विवादमा तानियो । यद्यपि बैंक त्यहाँ कार्यरत कर्मचारीको बदनाम तिनै कर्मचारीको भूमिका, कार्यशैली र कुशलतामा भर पर्दछ । उक्त बैंक पनि त्यहीं कार्यरत एक कर्मचारी प्रमोद सिटौलाका कारण विवादित बन्न पुग्यो ।

बैंकको मुद्दति खातामा आफूले जम्मा गरेको एक करोड १७ लाख रुपैयाँ जम्मा गरेको तर समय सकिएर फिर्ता लिन जाँदा खातामा नै नभएको बैंकले जनाएपछि निक्षेपकर्ता आक्रोशित हुनु स्वभाविक हो । विवाद सार्वजनिक भए लगत्तै यो राष्ट्रिय चासोको विषय हुने नै भयो । विवाद आक्रोशमा रुपान्तरित हुन थालेपछि बैंकले तथ्यको छानविन गर्दै जाँदा बैंकद्वारा प्रवाह गरिएको भनिएको मुद्दति रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट अनधिकृत रहेको पाइएको बैंकले विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख बद्रीकुमार कटुवालले आवश्यक छानबिन र कानून बमोजिम घटनाको सत्य–तथ्य अनुसार दोषीलाई कारबाही हुनेमा बैंक विश्वस्त रहेको जनाएका पनि छन् ।

बचतकर्ताले खुन–पसिना गरेर कमाएको धन आपत तथा आफू र आफ्ना सन्तानको शिक्षा–दीक्षाका लागि सङ्ग्रहित गर्ने ठाउँ भनेकै बैंक हो । त्यसैले आममानिसले आफूले आर्जन गरेको धनले खरिद गरेको बहुमूल्य वस्तु तथा नगद राशि सुरक्षाका लागि बैंकमा जम्मा गरेका हुन्छन् । पछिल्लो समय प्रविधिको विकाससँगै बैंकमा जम्मा गरेको धन पनि असुरक्षित हुन थालेका समाचारहरु दिनहुँजसो आइरहन्छन् । ‘कागजशून्य’ बनाउने नाममा बैंकका कारोबार पनि असुरक्षित हुन थालेका सन्दर्भमा बिर्तामोडको यो विवादमा कर्मचारी दोषी भए कारवाहीमा ल्याउनु बैंककै जिम्मेवारी हो । यदि अन्य कोही कुनै कारणले दोषी भए अनुसन्धानलाई टुङ्गोमा पु¥याउन बैंककै भूमिका रहनुपर्छ । यसै पनि बैंक आर्थिक कारोबार गर्ने संस्था भएकाले त्यहाँ विश्वासको सङ्कट हुनुहुँदैन । निर्दोषले व्यर्थमा क्षति व्यहोर्नु नपरोस् त्यसप्रति केन्द्रीय बैंक पनि सचेत हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here