इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्दै

0
15

धरान (सुनसरी),

सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्नेभएको छ ।

नगर क्षेत्रमा सहुलियत बस सेवा सुरू गर्ने उद्देश्यले चार वटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो । उहाँले यस कार्यले स्थानीय नागरिकलाई यात्राका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख पौडेलले भन्नुभयो, “इटहरीका चारवटै क्षेत्रलाई समेट्ने गरी रुट तय गर्ने काम भइरहेको छ ।

सो कार्य सम्पन्न भए लगत्तै सेवा सञ्चालन गछौँ । सम्भवतः आगामी असोज १ गतेबाट सेवा सञ्चालन गर्ने योजना छ ।” उपमहानगरका इञ्जिनियर रुपेश आचार्यले रु छ करोड ३६ लाख ८६ हजारको लागतमा बस खरिद गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बसमा जीपीएस जडान, सीसी क्यामेरा, एसीलगायतका अन्य सुविधाको व्यवस्थापन गरी सूचना प्रविधिमैत्री बनाइएका छन् ।”

नगर बस सञ्चालनका लागि कार्यपालिका बैठकले वडा नं ६ का अध्यक्ष दिवस पोखरेलको संयोजकत्वमा समिति बनाएर काम गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here