संखुवासभाको आँखिभूई बिहिवारे बजारमा बैंकिङ् सेवा सुरु

0
154

मोरङ,

संखुवासभाको आँखिभूई बिहिवारे बजारमा बैंकिङ् सेवा सुरु भएको छ। धर्मदेवी नगरपालिकाका नगरप्रमुख उदयचन्द्र पौडेलको विषेश पहलमा सर्वसाधारण त्यसमा पनि सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुलाई सहज रुपमा सेवा दिने उदेश्य सहित आँखिभूईमा बैंकिङ् सेवा शुरु भएपछि स्थानीयवासी खुसी भएका छन् ।

धर्मदेवी नगरपालिका वडा नम्बर ९ स्थित आँखिभूई बिहीबारे बजारमा नेपाल एसबिआई बैकको शाखा सहित बैकिङ् सेवा सञ्चालनमा आएको हो । यस अघि नगरपालिकाको केन्द्र मुढेशनिश्चरे शाखा कार्यालयबाट नागरिकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । बिहिबारे बजारमा बैकको काउन्टर सञ्चालनमा आएसंगै स्थानीयबासीहरुमा खुसी छाएको छ । यस अघि सामाजिक सुरक्षा भत्ताका लागि बैक खाता खोल्न र भुक्तानीका लागि अनिवार्य आफैं पालिकाको केन्द्र मुढेशनिश्चरे धाउनुपर्ने बाध्यता रहेको थियो।

विषेश गरी जेष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिहरुले केवा बगरको छेउबाट मुढेससम्म धाउनु पर्दाको दुःख र सास्ती त छँदैछ उनीहरुले पाउने भत्ताको रकम आउजाउ र गाडी भाडामै सकिन्थ्यो । आउन जान सास्ती मात्र भोग्नु बाहेक गर्दा उनीहरुले थापेको रकमको कुनै अर्थ थिएन । तर नगरप्रमुख पौडेलको विषेश पहल, वडाअध्यक्षहरुको सहयोग, स्थानीयहरुको चासो र बैकको अतिनै समन्वयकारी भूमिकामा सेवा सञ्चालनमा ल्याउन सफल भएको नगरप्रमुख उदयचन्द्र पौडेलको भनाई छ ।

नगरपालिकाको वडा नं. ९ बिहीवारे बजारमा शाखा रहित बैकिङ् सेवा केन्द्र स्थापना भएपिछ वडाबासी नागरिकहरुलाई सहज भएको वडा नं. ९ का वडाध्यक्ष चीत्रकुमार कार्कीले बताए । त्यस्तै बैंकको सेवा बिस्तार नहुँदा दिनै माया मारेर केन्द्र धाउनुपर्ने, अपाङ्गता, बुढाबुढी, असाहय र व्यापारीलाई अत्यन्त कष्टकर रहेको धर्मदेवी ९ बिहिबारेका डम्बर बिष्टले बताए।

यस सेवाले विषेश गरि नगरपालिकाको वडा नं. ६, ७, ८, ९ र ५ नं. वडाका नागरिकहरुलाई समेत सामाजिक सुरक्षा भत्ताका लागि मुढे धाउनुपर्ने बाध्यताको हटेको बिष्टको भनाई छ । नगरपालिकामा यस अघि वाणिज्य, विकास बैंकको कुनै पनि शाखा सञ्चालनमा आएको थिएन । तर विगत स्थानीय तह आएसंगै क वर्गको एउटा बैंकले मात्र सेवा दिइरहेको छ । लघुवित्त, सहकारी संस्था र अन्य वित्तीय संस्थाहरु रहेपनि सरकारी स्तरको कुनै एउटा पनि बैंक रहेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here