वाणिज्य संघलाई पानी प्रशोधन गर्ने मेसिन प्रदान

0
22

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघलाई निलकण्ठ ट्रेड एण्ड सप्लायर्स (एनके) ले पानी प्रशोधन गर्ने मेसिन प्रदान गरेको छ ।
भारतीय ब्राण्ड प्युरोसिसको नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रहेको एनकेले सोही ब्राण्डको एक थान पानी प्रशोधन गर्ने मेसिन प्रदान गरेको हो ।
बिर्तामोडस्थित संघको कार्यालयमा आयोजित कार्यक्रमका बीच संघका अध्यक्ष राजु न्यौपानेलाई पानी प्रशोधन गर्ने मेसिन प्रदान गरिएको थियो ।
एनकेका प्रतिनिधि कञ्चना पोखरेल र मञ्जुश्री संग्रौला गिरीले संघका अध्यक्ष न्यौपानेलगायत संघका पदाधिकारीलाई मेसिन हस्तान्तरण गरेका थिए ।
निलकण्ठ ट्रेड एण्ड सप्लायर्स बिर्तामोड नगरपालिका २ स्थित रामचौकमा रहेको छ । मेसिनको बजार मूल्य झण्डै ४० हजार रुपैयाँ रहेको बताइएको छ ।
कार्यक्रममा एनके प्रतिनिध पोखरेलले मेसिनका विशेषताका बारेमा जानकारी गराएकी थिइन् भने संघका अध्यक्ष न्यौपानेले धन्यवाद दिएका थिए ।
एनकेका हालसम्म आठ हजारको हराहारीमा पानी प्रशोधन गर्ने मेसिनका सदस्यहरु रहेको कम्पनीले जनाएको छ । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here