किवानिस क्लब अफ सुन्दरहरैचाद्वारा विद्यार्थीलाई पोशाक वितरण

0
32

मोरङ,

किवानिस क्लब अफ सुन्दरहरैचाले विद्यार्थीलाई पोशाक वितरण गरेको छ। मोरङको सुन्दरहरैचा ३ बरमनियामा रहेको जननी आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई बुधबार पोशाक वितरण गरेको छ ।

किवानिस क्लब अफ सुन्दरहरैचाकी अध्यक्ष पार्वती गच्छदारको पहलमा १ देखि ५ कक्षासम्मका २० जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो। गरिब तथा आयश्रोत नभएका विद्यार्थीहरूलाई अध्ययनप्रति जागरुक बनाउनका लागि पोशाक वितरण गरिएको किवानिस क्लब अफ सुन्दरहरैचाकी अध्यक्ष गच्छदारले बताईन।

स्कुल पोषाक अभाव कै कारण बालबालिकाहरु विद्यालय शिक्षाबाट वन्चित हुन नपरोस भनेर विद्यालय पोशाक वितरण गरिएको र आगामी दिनहरुमा यस विद्यालय थप सहयोग गर्दै जाने उनले बताईन।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उद्योग बाणिज्य संघ सुन्दरदुलारीका अध्यक्ष जीवन प्रसाद ढुगानाले किवानिस क्लब अफ सुन्दरहरैचाले अति बिपन्न गरिव परिवारका बालबालिकाहरुलाई विद्यालयमै आएर पोशाक वितरण गरेकोमा खुशी ब्यक्त गर्दै उद्योग बाणिज्य संघ पनि सहकार्य गर्न तयार रहेको बताए। तीनै तहको सरकार भएपनि खास गरी सुन्दरहरैचा नगरपालिकाले सरकारी विद्यालयहरुलाई खासै महत्व नदिएको बताए।

जननी आधारभूत विद्यालयमा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्दै आएका छन्। पोशाक पाएपछि विद्यार्थीहरु नियमित र सिकाइमा अग्रसता हुने आश गरेकाे विद्यालयले जनाएको छ। विद्यालय पोशाक लगाउदा विद्यार्थीहरू चिटिक्क देखिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here