किरायाको ३७ औं स्थापना दिवसमा पूर्वाञ्चलकर्मी खम्बूसहित विद्यार्थी पुरस्कृत

0
54

दमक ।

किरात राई यायोक्खा जिल्ला कार्यसमिति झापाले स्थापना गरेको इन्द्रबहादुर–देउमाया स्मृति पत्रकारिता पुरस्कार–२०८०बाट अर्जुनधारा–७ निवासी पूर्वाञ्चलकर्मी अमित खम्बू पुरस्कृत भएका छन् ।

यायोक्खाको ३७ औं स्थापना दिवसको अवसरमा झापाको दमकमा बुधबार आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा पूर्वाञ्चलकर्मी खम्बूलाई सम्मान पत्रसहित नगद पुरस्कार १० हजार ३७ रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

पत्रकारिताको माध्यमबाट किरात राई समुदायमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यायोक्खाले पूर्वाञ्चलकर्मी खम्बूलाई पुरस्कारको लागि छनौट गर्ने निर्णय गरेको कार्यसमितिका सचिव सुसन रुङमाहाङ राईले जानकारी दिए ।

प्रत्येक दुई वर्षमा वितरण गरिने उक्त पुरस्कारबाट यस अघि पत्रकारहरु दिपीन राई, रमेश समदर्शी, अनिलदेव राई, भारती राई र धर्मराज राई पुरस्कृत भएका छन् । सोही कार्यक्रममा गत शैक्षिक वर्ष २०८०मा सम्पन्न भएको एसईई परीक्षामा सामुदायिक र संस्थागत विद्यालयतर्फ सर्वोत्कृष्ट जीपीए ल्याउन सफल छात्र र छात्रासहित अन्य उत्र्तीण विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

जसअनुसार डम्बरसिंह–सिद्धीदास राई स्मृति छात्रवृत्ति पुरस्कार–२०८०बाट सामुदायिकतर्फ सर्वोत्कृष्ट हुने छात्र बुद्धशान्ति गाँउपालिका–२ निवासी रोजन राई(आदर्श माध्यमिक विद्यालय) र छात्रा बुद्धशान्ति गाँउपालिका–३ निवासी प्रश्ना राई(बुद्धआदर्श माध्यमिक विद्यालय)लाई सम्मान पत्रसहित जनही नगद पुरस्कार सात हजार ३७ रुपैयाँ प्रदान गरिएको थियो ।

त्यसैगरी जीतबहादुर राई स्मृति छात्रवृत्ति पुरस्कार–२०८०बाट संस्थागततर्फ सर्वोत्कृष्ट हुने छात्र कमल गाँउपालिका–४ निवासी जेलट राई(फोनिक्स इङलिस बोर्डीङ स्कूल)लाई सम्मान पत्रसहित नगद पुरस्कार पाँच हजार ३७ रुपैयाँ प्रदान गरिएको थियो ।

त्यस्तै विष्णुध्वज–लीलावती राई स्मृति छात्रवृत्ति पुरस्कार–२०८०बाट संस्थागततर्फ समान जीपीएसहित सर्वोत्कृष्ट हुने छात्राद्वय कमल गाँउपालिका–४ निवासी युनिशा राई (लालिमा इङलिस बोर्डीङ स्कूल) र कनकाई नगरपालिका–३ निवासी सीतास्मा राई(प्यारागन एकाडेमी)लाई सम्मान पत्रसहित जनही नगद पुरस्कार दुई हजार पाँच सय ३७ रुपैयाँ प्रदान गरिएको थियो । त्यसैगरी एसईई परीक्षा उत्र्तीण हुने अन्य ४६ जना विद्यार्थीलाई प्रशंसा पत्रसहित पुरस्कृत गरिएको थियो ।

किरात राई यायोक्खा झापाका अध्यक्ष गणेशबहादुर राईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि यायोक्खा केन्द्रीय कार्यसमितिका उपाध्यक्ष तिलकप्रसाद राईले उनीहरुलाई पुरस्कृत एवम् सम्मानित गरेका थिए ।

कार्यक्रममा निवर्तमान प्रदेश सभा सदस्य अर्जुन कोयु राई, नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य सुुमित्रा वाङदेल चेली, यायोक्खा झापाका सल्लाहकार एवम् अग्रज पत्रकार दिपीन राई, किरात राई विद्यार्थी संघ झापाका अध्यक्ष मिलन दुङमाली राई, अक्षयकोषदाता दिलीप वान्तवा राई, सम्मानित व्यक्तित्व अमित खम्बूलगायतले मन्तव्य राखेका थिए । यायोक्खा झापाका उपाध्यक्ष लीलाबहादुर राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव सुसन रुङमाहाङ राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here