गाँजा बोकेको ट्रक नियन्त्रण

0
18

विराटनगर।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ बाट लागूऔषध गाँजा बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममाधनकुटाबाट धरान तर्फ आउदै गरेको को १ख३८०८ नम्बरको मिनि ट्रकबाट एक सय ३५ किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भए सगै ट्रक चालक शहिदभूमी गाँउपालिका–५ का २८ बर्षीय भूमिराज राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाँजा बोकेको ट्रक सहित पक्राउ परेका चालकको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुन्धान भईरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here