ब्राउनसुगरसहित दुई जना पक्राउ

0
8

विराटनगर।

मोरङको विराटनगर–१५ स्थितबाट ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको भारत जोगबनीबाट नेपाल तर्फ आउदै गरेका सुनसरी इटहरीका ३१ बर्षीय नबिन श्रेष्ठ र चितवन नारायणघाट भरतपुरका २९ बर्षीय सुरज कुमाललाई तीन ग्राम ४ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

लागूऔषधसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here